IME Life New

इजरायल-इरान तनावले कच्चा तेलको मूल्यमा उछाल, ५%ले बढ्यो भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इजरायल र इरानबीच जारी तनावका बीच कच्चा तेलको मूल्य ५ प्रतिशतले बढेको छ । यो वृद्धि अमेरिकी राष्ट्रपति जो बाइडेनको बयानपछि भएको हो। उनले इजरायलले इरानको तेल अड्डामा आक्रमण गर्ने सम्भावनाका बारेमा छलफल गरिरहेको बताएका थिए।

कच्चा तेलको मूल्य बढेको विषयमा पत्रकारले अमेरिकी राष्ट्रपति बाइडेनसँग ‘इजरायललाई इरानको तेल प्रशोधन केन्द्रमा आक्रमण नगर्न आग्रह गरिएको हो’ भनेर जिज्ञासा राखेका थिए। जबाफामा बाइडेनले भनेका थिए, ‘मलाई थाहा छ यो सार्वजनिक रुपमा छलफल गर्नु हुँदैन।’

Esewa
Crest

यस्तो हमलाले तेलको मूल्य बढाउन सक्छ कि भनेर सोध्दा अमेरिकी राष्ट्रपति बाइडेनले भने, ‘समुद्री आँधीनका कारण पनि मूल्य बढ्छ।’

अमेरिकी राष्ट्रपतिको यो भनाइ यस्तो बेला आएको हो जब उनी दक्षिण–पश्चिम अमेरिकाको भ्रमणमा थिए। जहाँ हेलेन आँधीले ठूलो क्षति पुर्याएको छ। कम्तीमा २०० जनाको मृत्यु भएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS