IME Life New

इजरायलमाथि इरानको मिसाइल हमलापछि तेलको मूल्यमा उछाल, मध्यपूर्वमा थप द्वन्द्वको त्रास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इरानले मंगलबार राति इजरायलमा मिसाइल हमला गरेपछि तेलको मूल्य बढेको छ । यो हमलापछि मध्यपूर्वमा थप द्वन्द्वको डर बढेको छ । यदि यस्तो भयो भने तेल आपूर्ति पनि प्रभावित हुन सक्छ।

ब्रेन्ट कच्चा तेलको मूल्यका लागि अन्तर्राष्ट्रिय बेन्चमार्क हो। यो १ प्रतिशतभन्दा बढीले बढेर प्रतिब्यारेल ७४.४० डलर पुगेको छ । मंगलबारको कारोबारमा ५ प्रतिशतभन्दा बढीले बढेको छ ।

Esewa
Crest

अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार इरान विश्वको सातौँ ठूलो तेल उत्पादक देश हो। इरान तेल उत्पादक देशहरुको समूह ओपेक (तेल निर्यात गर्ने देशहरुको संगठन) को तेस्रो ठूलो सदस्य पनि हो।

यस क्षेत्रमा कुनै पनि प्रकारको सैन्य द्वन्द्वले स्ट्रेट अफ हर्मुज हुँदै व्यापारलाई असर गर्न सक्ने व्यापारीहरुबीच चिन्ता बढेको छ। स्ट्रेट अफ हर्मुज ओमान र इरानको बीचमा अवस्थित छ। यो अन्तर्राष्ट्रिय तेल व्यापारका लागि महत्वपूर्ण छ र विश्वको तेल व्यापारको २० प्रतिशत यहाँबाट हुन्छ।

ओपेकका अन्य सदस्य राष्ट्र साउदी अरेबिया, यूएई, कुवेत र इराकले पनि तेल निर्यातका लागि यही मार्ग प्रयोग गर्छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS