IME Life New

इक्रा नेपालले बीमकहरुको दाबी भुक्तानी क्षमताको मूल्यांकन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको पहिलो क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले बीमा कम्पनी केन्द्रित रेटिङ सेवा संचालनमा ल्याउने भएको छ । नेपालमा बीमा क्षेत्रको व्यापारको वृद्धिसँगै व्यवसायीक जोखिम समेत बढ्दै जाँदा, रेटिङ एजेन्सी इक्रा नेपालले एजेन्सीले बीमा कम्पनीहरूको दाबी भुक्तानी क्षमता’ र बीमा वित्तीय शक्ति रेटिङ’ को लागी क्रेडिट रेटिङ प्रस्ताव गर्ने घोषणा गरेको छ।

आर्थिक वर्ष २०२०–२१ का लागि इक्रा समूहको वार्षिक रिपोर्टमा नेपालमा यो सेवा निकट भविष्यमा उपलब्ध हुने उल्लेख गरिएको छ । नेपालमा जम्मा दुईवटा क्रेडिट रेटिंङ एजेन्सीहरू इक्रा नेपाल र केयर रेटिङ नेपाल  संचालनमा रहेका छन् । यी दुबै भारतीय क्रेडिट रेटिङ समूहको संयुक्त लगानीमा स्थापना गरिएका हुन् ।

Esewa
Crest

नेपालको बीमा क्षेत्रको व्यवसाय अहिले वृद्धिको चरणमा रहेको छ । बीमा कम्पनीहरूको संख्यासँगै बीमा सेवा क्षेत्रमा प्रतिस्पर्धा कडा भएको छ । केही बीमकहरुले व्यवसाय बिस्तार गर्नको लागी अस्वस्थ्य प्रतिस्पर्धा समेत गरेको पाइएको छ ।

बीमकहरुको दाबी भुक्तानी गर्न सक्ने क्षमता र वित्तीय सामथ्र्य सम्बन्धमा क्रेडिट रेटिङको माध्यमबाट बीमितहरुले उपयुक्त बीमकको छनौट गर्न सघाउ पुग्नेछ । कुनै पनि बीमा कम्पनीको दाबी भुक्तानी गर्न सकने क्षमता बीमा कम्पनीद्वारा प्रदान गरिने सेवाको स्तर परिक्षण गर्ने एउटा प्रभावकारी सूचक हो । दाबी भुक्तानी अनुपात उच्च हुने बीमकहरु बीमितको लागी लाभदायक मानिन्छ किनकी बीमितले समयमै आफ्नो बीमा दाबीको  भुक्तानी प्राप्त गर्न सहज हुन्छ ।

अहिले नेपालमा १९ वटा जीवन बीमा, २० वटा निर्जीवन बीमा र दुई पुनर्बीमा (एक पुनर्बीमा कम्पनीले व्यवसायिक संचालन गर्न बाँकी रहेको) कम्पनीहरू संचालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS