IME Life New

आर्थिक विकासका लागि नीतिगत सुधार र व्यवहारिक कार्यान्वयन आवश्यकः उपाध्यक्ष श्रेष्ठ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले देशको आर्थिक विकासका लागि नीतिगत सुधार र व्यवहारिक कार्यान्वयन आवश्यक भएको बताएकी छन् । फिमेल इकोनोमिक जर्नालिष्ट एशोसिएसन (फेजा) ले काठमाडौंमा आयोजना गरेको अर्थतन्त्रः नीति र व्यवहार विषयक छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले सो धारणा राखिन् ।

मुलुकको अर्थतन्त्र सुधारका लागि नेपाल उद्योग वाणिज्य महासंघले दिएका सुझावहरुका आधारमा सरकारले आर्थिक तथा व्यावसायिक वातावरण सुधार, लगानी अभिबृद्धि, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा सुधार लगायतका विभिन्न २९ वटा ऐनमा अध्यादेश मार्फत् संसोधन एवं परिमार्जन गरेको र यसले अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

Esewa
Crest

मुलुकको अर्थतन्त्र सुधारका लागि नेपाल उद्योग वाणिज्य महासंघले दिएका सुझावहरुका आधारमा सरकारले आर्थिक तथा व्यावसायिक वातावरण सुधार, लगानी अभिबृद्धि, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा सुधार लगायतका विभिन्न २९ वटा ऐनमा अध्यादेश मार्फत् संसोधन एवं परिमार्जन गरेको र यसले अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

यस्तै उनले सरकारले अध्यादेश मार्फत ल्याएका कानूनलाई माघ १८ गतेको संसद बैठकका पेश गरिसकेको अवस्थामा जारी अधिवेशनबाटै ती सबै कानूनहरु पास हुने र तदनुरुपको नियमावली तथा कार्यविधिहरु पनि छिट्टै आउनेमा आफुहरु आशावादी रहेको समेत जनाइन् । “ निजी क्षेत्र र सरकार एक अर्काका परिपूरक हुन । अर्थतन्त्र चलायमान बनाउन सही नीति र यसको व्यवहारिक कार्यान्वयन आवश्यक पर्दछ । कहिले काँही हामीले नीति त राम्रो बनाउँछौं । तर यसको कार्यान्वयमा पुग्दा धेरै बाधा व्यवधान भोग्नु पर्दछ । यस्तो अवस्था नहोस भन्ने हामी सबैको चाहना हो ।” उनले भनिन् ।

यस्तै सरकारले सेवा क्षेत्रको निर्यात वृद्धि र त्यसमार्फत व्यापार घाटा न्यूनीकरण गर्ने लक्ष्यसहित वाणिज्य नीति २०७२ प्रतिस्थापन गर्दै ‘वाणिज्य नीति २०८१’ पनि कार्यान्वयनमा ल्याएको र यसबाट प्रतिस्पर्धात्मक तथा स्वच्छ बजार विकास, अनधिकृत व्यापार अन्त्य, व्यापार तथा पारवहन लागतमा कमी आउनुका साथै नेपाली वस्तुको अन्तर्राष्ट्रिय प्रतिस्पर्धी क्षमता बढ्ने धारणा राखिन् । उनले अर्थतन्त्रलाई थप चलायमान बनाउन पूर्वाधार निर्माण तथा जनशक्ति विकासलाई पनि प्राथमिकता दिनुपर्ने बताइन् ।

कार्यक्रमको उद्घाटन गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वातावरण सुधार गर्न कै लागि सरकारले कानूनहरु संसोधन गरेको र जारी अधिवेशनबाटै ती कानूनहरु पास हुने बताइन् ।

उनले सरकारले व्यवसायिक वातावरण सिर्जनाको लागि नीतिगत सुधारमा ध्यान दिएको उल्लेख गर्दै लगानी मैत्री वातावरण सिर्जना, उत्पादकत्व बृद्धि तथा रोजगारी सिर्जनालाइ राज्यले प्राथमकिता दिएरै काम गरिरहेको र यसले अर्थतनत्रमा क्रमिक सुधार ल्याउने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS