IME Life New

आर्थिक वर्ष २०८०/८१ को बजेटमा समेटियो २० नारा र चार कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले कुल १७ अर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । गत चालु आर्थिक वर्षको तुलनामा भने सरकारले ४२ अर्ब रुपैयाँले बजेटको आकार घटाएको हो ।

उक्त बजेटमा विभिन्न शिर्षक अन्तर्गत २० वटा नारा र चार कार्यक्रम समावेश गरिएको छ ।

Esewa
Crest

आ.व.२०८०/८१ को बजेटमा समेटिएको नाराहरु:
१.आत्मनिर्भर अर्थतन्त्रको आधारः स्वदेशमै उत्पादन र रोजगार
२.मेक इन नेपाल, मेड इन नेपाल
३.उत्पादन साथमा, आनुदान हातमा
४.खेतबारीमा प्राविधिक सेवा, उत्पादनमा टेवा
५.पोषण्युक्त घाँसेबालीको विकास गरौं, पशुजन्य उत्पादन बढाऔं
६.जग्गा प्रशासनमा सुशासन
७.उत्पादन र रोजगारः सम्बृद्धिको आधार
८.वाटर फ्रम द हिमालय
९.श्रमको सम्मान राष्ट्रको अभियान
१०.अबको जीवन स्वदेशमा नै
११.अतिथि देवो भव
१२.नेपाल घुमौं, नेपाल चिनौं
१३.गुणस्तरीय स्वास्थ्य उपचारः जनताको अधिकार
१४.एक घर एक धारा
१५.कोखदेखि शोकसम्म सामाजिक सुरक्षा
१६.वाग्मती नदीको शान, सभ्यताको उत्थान
१७.सिँचाइमा लगानी, खेतीबारीमा पानी
१८.आधुनिक जीवनको आधारः सूचना प्रविधि र सञ्चार
२९.एक स्थानीय तह एक हुलाक
२०.हरित अर्थतन्त्रः दिगो विकासको मन्त्र

कार्यक्रम अन्तर्गतः
१ प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम
२ ल्याउने, सिकाउने र टिकाउने
३. एक चिकित्सक, स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था कार्यक्रम
४.युवा उद्यमशीलता प्रवद्र्धन

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS