IME Life New

आरएमडिसी लघुवित्तको मुनाफा ४.३६ गुणाले बढ्यो, प्रतिशेयर आम्दानी १०१ रुपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थाको मुनाफामा उल्लेख्य बृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा संस्थाले गत वर्षको यहि अवधिको तुलनामा ४.३६ गुणाले बढाउन सफल भएको हो ।

असोज मसान्तसम्ममा संस्थाले २६ करोड ४२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा संस्थाले ६ करोड ५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । मुनाफामा सुधारसँगै संस्थाको प्रतिशेयर आम्दानी पनि १०१ रुपैयाँ पुगेको छ ।

Esewa
Crest

पहिलो त्रैमाशिक अवधिमा संस्थाले खुद व्याज आम्दानी मात्रै १२ करोड १७ लाख रुपैयाँ आर्जन गरेको छ । जवकी गत वर्षको यहि अवधिमा १० करोड १८ लाख रुपैयाँ थियो । संस्थाले शेयर बजार लगायत ‘नन अपरेटिङ इनकम’बाट मात्रै ३० करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको छ । यहि आम्दानीले संस्थाको मुनाफामा उल्लेख सुधार भएको हो ।

संस्थाको चुक्ता पूँजी एक अर्ब तीन करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा दुई अर्ब एक करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS