IME Life New

आयो है ! सिंगटी हाइड्रोको शेयर डिम्याटमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ।  सिंगटी हाइड्रो इनर्जीको शेयर डिम्याटमा देखिएको छ। मेरो शेयरमा SHEL भनेर संकेत देखिएको हो।

 

Esewa
Crest

सिंगटी हाइड्रोले गत चैत ६ गतेदेखि चैत १० गतेसम्म आईपीओ बिक्री गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमा २ प्रतिशत अर्थात ५८ हजार कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ। बाँकी २६ लाख ९७ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।

आईपिओमा १५ लाख ६५ हजार ५ सय ३० जनाले आवेदन दिएका थिए । जस मध्ये १५ लाख ५९ हजार ८ सय २ को आवेदन योग्य भएको र ५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । योग्य आवेदक १५ लाख ५९ हजार ८ सय २ जनालाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको छ । जसमध्ये २ लाख ६९ हजार ७ सय जनाले समान १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये १२ लाख ९५ हजार ८ सय ३० जना आवेदकको हात खाली भएका छन् ।

यो पनि :

सिंगटी हाइड्रो इनर्जीले पहिलो कारोवारको लागि कति पाउँला ओपनिङ रेञ्ज ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS