IME Life

सिंगटी हाइड्रो इनर्जीले पहिलो कारोवारको लागि कति पाउँला ओपनिङ रेञ्ज ?

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको आईपिओ बाँडफाँड सम्पन्न भएको छ । सिंगटी हाइड्रो इनर्जीको पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १०० रुपैयाँ र अधिकतम ३०० रुपैयाँ सम्म रेञ्ज पाउने सम्भावना छ । पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन ।

सिंगटी हाइड्रोले गत चैत ६ गतेदेखि चैत १० गतेसम्म आईपीओ बिक्री गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमा २ प्रतिशत अर्थात ५८ हजार कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ । बाँकी २६ लाख ९७ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका छन् । आईपिओमा १५ लाख ६५ हजार ५ सय ३० जनाले आवेदन दिएका थिए । जस मध्ये १५ लाख ५९ हजार ८ सय २ को आवेदन योग्य भएको र ५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको थियो । योग्य आवेदक १५ लाख ५९ हजार ८ सय २ जनालाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको थियो। जसमध्ये २ लाख ६९ हजार ७ सय जनाले समान १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये १२ लाख ९५ हजार ८ सय ३० जना आवेदकको हात खाली भएका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS