IME Life New

आम निर्वाचन २०७९ मा ४ हजार २८५ उम्मेदवारको धरौटी जफत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आम निर्वाचन २०७९ मा ७५ प्रतिशत भन्दा धेरै उम्मेदवारको धरौटी जमानत जफत भएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभामा दुई हजार ४११ र प्रदेशसभामा ३ हजार २२४ जनाको उम्मेदवारी परेको थियो । तीमध्ये प्रतिनिधिसभातर्फ एक हजार ७७२ पुरुष र १८९ जना महिला गरी एक हजार ९६१ जनाको धरौटी जफत भएको हो ।

त्यस्तै प्रदेशसभातर्फ २ हजार ८६ पुरुष, २३७ महिला र एक जना अन्य गरी कुल २ हजार ३२४ जनाको धरौटी जफत भएको छ । दुबैतर्फ गरी ४ हजार २८५ उम्मेदवारको धरौटी जफत भएको निर्वाचन आयोगले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

Esewa
Crest

प्रतिनिधिसभा र प्रदेशसभामा गरी ५ हजार ६३५ जनाको उम्मेदवारी रहेकामा ४ हजार २८५ जनाको जमानत जफत भएको हो । जुन कुल उम्मेदवारको ७६ प्रतिशत भन्दा बढी हो । नियम अनुसार प्रत्यक्षतर्फ निर्वाचनमा खसेको कुल सदर मतको १० प्रतिशत मत पाउन नसक्नेको धरौटी जफत हुन्छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्थाबमोजिम प्रतिनिधि सभातर्फ बन्दसूची पेश गर्ने ४७ दलमध्ये ४० वटा दलको धरौटी जफत भएको छ ।

त्यस्तै प्रदेश सभातर्फ प्रदेश १ मा ३०, मधेश प्रदेशमा २६, बागमती प्रदेशमा ३३, गण्डकीमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी जफत भएको छ ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवारी दिनेले १० हजार रुपैयाँ र समानुपातिकतर्फ बन्द सूची पेश गर्न ५० हजार रुपैयाँ धरौटी बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।

त्यस्तै प्रदेशसभामा प्रत्यक्षतर्फ प्रत्यक्षमा उम्मेदवारी दिनेले ५ हजार र समानुपातिकमा बन्दसूची बुझाउनेले २५ हजार रुपैयाँ धरौटी बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS