IME Life New

आधुनिक डिजिटल टेक्नोलोजीबाट तीज पर्वदेखि सञ्चालनमा ल्याइँदै मनोकामना केबल कार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको पहिलो व्यावसायिक केबल कार सेवा मनकामना केबलकार आउँदो तीज पर्वदेखि डिजिटल प्रविधिमा सञ्चालन हुने भएको छ। मनकामना केबल कार प्रालिले केबलकारको पूर्वाधारको स्तरोन्नतिका लागि २६ वर्षपछि डिजिटल प्रविधिमा रूपान्तरण गर्ने कार्य जारी छ।

डिजिटल कन्ट्रोल स्वीच निरिक्षण गर्दै इन्जिनियर सुनिल कर्माचार्य।

गत असार ३१ गतेबाट स्तरोन्नती शुरू गरिएको केबल कारको डिजिटल कन्ट्रोल मेशिन, कन्ट्रोल स्टेशन, मोटर, कम्युनिकेशन केबल जडान लगायतको कार्य सम्पन्न भई सकेको छ । यसैगरी पावर चेञ्ज ओभर स्वीच जडानको कार्य पनि पुरा भएको छ। केबल कार सञ्चालनका लागि नयाँ लठ्ठा ठड्याएर तार जडान गर्ने कार्य भइरहेको छ।

Esewa
Crest
केबलकार मर्मतका लागि फलामे संरचना जडान गर्दै प्राविधिक। तस्वीरः मनोकामना केबलकार

यो चितवनको कुरिनटारबाट गोरखा जिल्लाको मनोकामना मन्दिर जोड्ने यो केबल कारको लम्बाई ३.०१ किलोमिटर छ। तीन किलोमिटर लम्बाईमा ३५ वटा कार(गोण्डोला) जडान गरिंदैछ। केबलकार सञ्चालनमा रहेका बेला केबल कारमा कुनै प्राविधिक समस्या भए प्रत्येक लठ्ठामा जडान गरिएको डिजिटल सेन्सरले कन्ट्रोलरूमको डिजिटल प्यानल बोर्डमा संकेत गर्नेछ।

केबलकारको मोटर जडान गर्दै अष्ट्रियाका प्राविधिक। तस्वीरःमनोकामना केबलकार

पचास दिनभित्र काम सम्पन्न गर्ने लक्ष्य सहित गत असार ३१ गतेदेखि केबलकारको स्तरोन्नती कार्य भई रहेको केबलकारका सञ्चालन र संभार प्रमुख इन्जिनियर सुनिल कर्मचार्यले जानकारी दिएका छन् । जडानको सम्पूर्ण कार्य सम्पन्न भएपछि करिब दुई सातासम्म केबल कारको प्रत्येक उपकरण र संरचनाको सुक्ष्म परिक्षण गरिनेछ। प्राविधिकरूपमा सबै पक्ष दुरूस्त रहेको यकीन गरेपछि मात्र केबलकार व्यवसायीक सञ्चालनका लागि खुला गरिनेछ।

स्तरोन्नती कार्यमा ५ अस्ट्रियाली प्राविधिको नेतृत्वमा सयभन्दा बढी जनशक्ति खटिएका छन् । केबलकारको सम्पूर्ण स्तरोन्नती कार्य भई रहेकाले झण्डै ५० करोड रूपैयाँ लगानी थपिने प्रारम्भिक अनुमान छ।

तस्वीरः सुनिल कर्माचार्य

वार्षिक ११ लाख यात्रुलाई सेवा दिई रहेको यो केबलकार सेवा २०५५ साल मंसिर ८ गतेदेखि व्यवसायीक सेवा शुरू गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS