IME Life New

आधा दर्जन बीमा कम्पनीद्वारा डिजिटल कार्यालय सञ्चालनमै आनाकानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत चैत्र १२ गते अर्थ मन्त्रीको अध्यक्षतामा बसेको उच्च स्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले बैंक तथा बीमा कम्पनीका न्यूनतम कार्यालय सञ्चालन गर्ने निर्णय गर्यो । बैंकको जस्तै दैनिक रुपमा निक्षेप जम्मा गर्नुपर्ने र रकम निकाल्नुपर्ने अवस्थामा बीमा कम्पनीहरुलाई नहुँदा भौतिक कार्यालय बन्द गरेर कर्मचारीहरुले डिजिटल कार्यालय (टेलिफोन, इमेल) मार्फत बीमा सेवा प्रवाह गर्न बीमा समितिले समेत मौन स्वीकृति दियो ।

सो बमोजिम अधिकांश बीमा कम्पनीहरुले डिजिटल कार्यालय सञ्चालन गरेको भएपनि अझै आधा दर्जन बीमा कम्पनीहरुले डिजिटल कार्यालय सञ्चालनमा ल्याएका छैनन् । केही कम्पनीहरुले सेवा प्रवाह सुचारु गरिएको नाममा आईटीका अधिकारीको नम्वर राखेर सूचना प्रकाशन गरेका छन् भने केहीले डिजिटल भुक्तानीमार्फत रकम जम्मा गर्न सक्ने सूचना प्रवाह गरेर गैर जिम्मेवारी प्रस्तुत गरेका छन् ।

Esewa
Crest

हालसम्म इन्स्योरेन्स खवरलाई प्राप्त सूचना अनुसार तीन वटा निर्जिवन बीमा कम्पनी र तीन वटा जीवन बीमा कम्पनीले सहज रुपमा डिजिटल कार्यालय सञ्चालन गरेका छैनन् । अधिकांश कम्पनीहरुले बीमा शुल्क भुक्तानी तथा दावी भुक्तानी गर्ने तथा गुनासो सुन्ने अधिकारीको छुट्टछुट्टै सम्पर्क नम्वर राखेर डिजिटल कार्यालय सञ्चालन गरेको भएपनि केही कम्पनीहरुले भने झारा टार्ने शैलीका कुनै गुनासो वा समस्या भएमा टेलिफोन गर्न मात्रै भनिएको छ । कार्यालय समय नतोकी जारी गरिएको सूचनालाई डिजिटल कार्यालय सञ्चालन गरिएको भन्ने वा नभन्ने अन्यौल उत्पन्न हुन पुगेको छ ।

प्रभावकारी रुपमा डिजिटल कार्यालय सञ्चालन नगर्ने कम्पनीहरुमा एनएलजी इन्स्योरेन्स, प्र्डेन्सियल इन्स्योरेन्स र भारतीय बीमा कम्पनी नेंशनल इन्स्योरेन्सको नेपालस्थित शाखा कार्यालय छन् । त्यस्तै जीवन बीमा कम्पनीहरु प्राईम लाईफ इन्स्योरेन्स छन् । एनलजीले समस्या परेमा मात्रै सम्पर्क गर्न भनेको छ भने प्रुडेन्सियलले कुनै सूचना जारी नगरी कार्यालय बन्द गरेको छ ।

त्यस्तै जीवन बीमा कम्पनी प्राईम लाईफले खल्तीमार्फत बीमा शुल्क भुक्तानी गर्न सकिने सूचना फेसबुक पेजमा राखेपनि डिजिटल कार्यालय सञ्चालनको सूचना भने समावेश गरेको छैन ।

प्रभु लाईफले सूचना अधिकारी र आईटीका कर्मचारीको नम्वर राखेर सूचना प्रकाशित गरेको छ ।* यसैबीच, प्रभु लाईफका सिईओ नारायण प्रसाद पौडेलले सूचना अधिकारीमार्फत डिजिटल कार्यालय सञ्चालन गरिएको बताए । सिईओ पौडेलले सेवाग्राहीले जुनसुकै समयमा सम्पर्क गरी आफ्ना समस्या हल गर्न सक्ने गरी व्यवस्था गरिएको प्रष्ट पारेका छन् ।

डिजिटल कार्यालय सञ्चालन गर्ने सूचना जारी गरेका बीमा कम्पनीहरुले समेत प्रभावकारी रुपमा जनतामा सूचना प्रवाह गरेका छैनन । कतिपय कम्पनीहरुले वेभसाईटमा समेत आफ्नो सूचना अपडेट गराएका छैनन् । आम सर्वसाधारणले बीमा कम्पनीको डिजिटल कार्यालयमा सम्पर्क गर्न समेत कठिन हुने देखिएको छ । यद्यपि अधिकांश कम्पनीकहरुको फेसबुक पेजमा भने सूचना अपडेट गराइएको पाइएको छ ।

*यसैबीच, एनएलजी इन्स्योरेन्सले डिजिटल कार्यालय सञ्चालनमा आएको जनाएको छ । सो कम्पनीले बीमालेख नविकरणको लागि सम्पर्क व्यक्ति तोकेर आज अपरान्ह सूचना जारी गरेको हो ।

*अपडेड गरिएको ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS