IME Life New

आधा कर्मचारीबाट न्यूनतम् कार्यालय सञ्चालन गर्ने बीमा कम्पनीहरुको तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

निषेधाज्ञा जारी भएका जिल्लाका बीमा कम्पनीका शाखा कार्यालय खुलेनन्, कर्मचारीहरु घरैबाट काम गर्दै

काठमाडौं । कोरोना भाइरसका कारण राजधानी उपत्यकासहित सिंगो देशको अवस्था भयावह बन्दै गएपछि बीमा कम्पनीहरुले आधा कर्मचारीबाट न्यूनतम् कार्यालय सञ्चालन गर्ने तयारी गरेका छन् ।

नेपाल बीमक संघका सचिव चंकी क्षेत्रीले भने, ‘राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन दिइसकेको छ, हामीले स्वविचार गरेर सचेत हुनुपर्ने बेला आएको छ ।’ बीमक संघले औपचारिक निर्णय नगरेपनि अधिकांश बीमा कम्पनीहरुले यसै साताबाट आधा कर्मचारीबाट न्यूनतम् कार्यालय मात्रै सञ्चालन गर्ने तयारी गरिएको जनाएका छन् । कोरोना भाइरसको महामारी देशैभरि फैलिने क्रममा रहेको र राजधानी उपत्यकामा समेत भयावह स्थिति बन्दै जाँदा अधिकांश बीमा कम्पनीहरुले केन्द्र कार्यालय र शाखा कार्यालयहरु समेत न्यूनतम् कर्मचारीबाट सञ्चालन गर्ने तयारी गरेका हुन् । कोरोना भाइरसको संक्रमण हुन नदिन सचेत हुँदै बीमा कम्पनीहरुले न्यूनतम् कार्यालय सञ्चालन गर्ने तयारी गरेका हुन् ।

Esewa
Crest

उता, कोरोना भाइरसको कारण जिल्लाहरुले सम्बन्धित जिल्ला भित्र घोषणा गरिएको लकडाउन तथा निषेधाज्ञाका कारण कैयौं जिल्लामा रहेका बीमा कम्पनीका सयौं शाखाहरु प्रभावित भएका छन् । निषेधाज्ञा र लकडाउन घोषणा गरिएको जिल्लामा रहेका शाखा कार्यालयहरु कर्मचारीहरुले घरैबाट डिजिटल रुपमा सञ्चालन गरिएको बीमा कम्पनीहरुले जनाएका छन् । बीमक संघका सचिव चंकी क्षेत्रीले भने, ‘शाखा कार्यालय नजिकै रहेका कर्मचारीहरु हिडेरै कार्यालयसम्म जान सक्ने गएका छन्, कतिपय घरैबाट काम गरिरहेका छन् ।’

कोरोना भाइरसको कारण जारी गरिएको लकडाउनले बारा, पर्सा, सुनसरी, धरान, नुवाकोट लगायतका दर्जनभन्दा बढि जिल्लाहरु लकडाउन घोषणा गरिएको छ । सरकारले कोरोना भाइरसको संक्रमण गाउँदेखि शहरसम्म फैलिइरहेको भएपनि राष्ट्रिय रुपमा लकडाउन घोषणा नगर्ने, संक्रमित बढि देखिएको क्षेत्रमा मात्रै लकडाउन र सिल गर्ने नीति लिएका कारण जिल्लागत रुपमा लकडाउन घोषणा गर्ने गरिएको छ । यसअघि २०७६ चैत्र ११ गतेदेखि जारी लकडाउनमा कैयौं दिनहरु बैंक तथा बीमा कम्पनीहरु समेत प्रभावित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS