IME Life New

आदर्श लघुवित्तले आब्हान गर्यो चौथो वार्षिक साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो वार्षिक साधारण सभा पुस १८ गते गर्ने भएको छ । सभा बिहान ११ बजे कम्पनीको केन्द्रीय कार्यालय बनेपा नगरपालिका ७ काभ्रेपलाञ्चोकमा हुने कम्पनीले जनाएको छ । कम्पनीको मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, कम्पनीको हिसाब, नाफा, नोक्सान, नगद तथा वासलात लगायतका अनुसूचिहरुमाथि छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै, आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभाले यस आदर्श लघुवित्त वित्तीय संस्था र अन्य कुनै पनि लघुवित्त वित्तीय संस्था एकापसमा गाभिन वा प्राप्तिका लागि आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS