IME Life New

आत्म निर्भर नबन्दै जोखिममा सिमेन्ट उद्योग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राम्रोसँग आत्म निर्भर बन्न नपाउँदै नेपाली सिमेन्ट उद्योग जोखिममा पर्न लागेको उद्यमी व्यवसायीहरुले गुनासो गरेका छन् । नेपाली सिमेन्ट उद्योगमा बढ्दो विदेशी लगानीका कारण भद्रगोल हुने अवस्था आएको भन्दै सिमेन्ट उद्यमीहरुले विदेशी लगानी नियमन र व्यस्थित गर्नुपर्नेमा जोड दिएका हुन् ।

नेपाल सिमेन्ट उत्पादक संघले शुक्रबार राजधानी काठमाडौंमा गरेको अन्तरक्रिया कार्यक्रममा सिमेन्ट उद्यमीहरुले विदेशी लगानीका सिमेन्टका कारण नेपाली सिमेन्ट उद्योग धरासायी बन्ने खतरा रहेको भन्दै सरकारलाई सचेत रहन र लगानीबोर्डमार्फत खुल्ला प्रवेश पुनर्विचार गर्न आग्रह गरे ।

Esewa
Crest

आपूर्ति तथा उद्योग मन्त्री मातृका यादब, सचिव याम कुमारी खतिवडा तथा सरोकारवाला निकायहरु समेतको बहुपक्षिय छलफलमा सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले समस्या र चुनौति विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संघका अध्यक्ष थापाले स्वदेशी लगानीकर्ता नै सिमेन्ट उद्योगमा लगानी गर्न सक्षम रहेको अवस्थामा नेपालको प्राकृतिक स्रोतमाथि विदेशीका सबै शर्तहरु स्वीकार गरेर खुला पहुँच दिँदा राष्ट्रिय उद्योग धरासायी बन्ने र राष्ट्रिय पुँजि विदेश पलायन हुने दावी गरे । साथै निर्यातको लागि वातावरण बनाउन सरकारसँग माग गरे ।

देशभर फैलिएको ६० वटा उद्योगमार्फत स्वदेशमा आवश्यक सबै प्रकारको सिमेन्ट उत्पादन भइरहेको भन्दै विदेशी लगानी ह्वारह्वारर्ती भित्राउँदा त्यसले गम्भिर समस्या आउन सक्ने भनाई उद्यमी व्यवसायीहरुको छ । अरनिको सिमेन्टका सिताराम पोखरेलले भने, ‘नेपाली उद्यमीले सिमेन्ट उद्योग खोल्दा, वन, जमिन, खानी, मजदुरको समस्या भोग्नुपर्ने, अनि विदेशीले सिमन्ट उद्योग खोल्न चाहेमा लगानी बोर्डमार्फत वन सित्तैमा, जमिन सित्तैमा, कामदार विदेशी राख्न पाउने, त्यसबाट देशले के पाउँछ ?’ भनि गम्भिर प्रश्न उठाए ।

कार्यक्रममा सहभागी अधिकांशले नेपाली सिमेन्ट उद्योग हालको बजार अनुसारको माग धान्न सक्षम रहेको र सिमेन्ट उद्योगमा ठूला विदेशी लगानी भित्राउँदा वातावरण, समाज र अर्थतन्त्रमा खासै योगदान नपुग्ने दावी गरेका छन् ।
एक सिमेन्ट उद्यमीले भने, ‘आज होङ्सी शिवम् सिमेन्टमा काम गर्ने सबै चाईनिज छन्, तरकारी समेत उतैबाट ल्याएर खान्छन्, नेपालको ढुंगा पकाएर बेचेर सबै पैसा चीन गइरहेको छ, न देशलाई रोजगारी न यहाँको उत्पादन खतप ? यो अवस्थाले देशको अर्थतन्त्रलाई योगदान गरेको छ ? समीक्षा गर्ने बेला भयो ।’

कार्यक्रममा उद्यमीहरु केबी उप्रेती, सिताराम पोखरेल, रघुनन्दन मारुलगायतले उद्यमी व्यवसायीहरुका समस्या राखेका थिए भने मन्त्री यादव, सचिव खतिवडालगायत सरकारी अधिकारीहरुले समेत सिमेन्ट उद्योगका चुनौति समस्या र योजनाका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा आपूर्ति मन्त्री यादवले भने उद्यमीहरुलाई जनताको सेवकका रुपमा आफूलाई रुपान्तरित गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा सिमेन्ट उद्योगले गुणस्तरमा ध्यान दिनुपर्ने विषय पनि उठेको छ । गुणस्तर विभागका मनोज उपाध्यायले सिमेन्टको गुणस्तरप्रति उद्यमीहरु प्रतिबद्ध हुनुपर्ने भन्दै सिमेन्टको गुणस्तर न्यून हुँदा भौतिक पूर्वाधार कमजोर हुने र त्यसको जोखिम सरकार र सर्वसधारण दुवैले व्यहोर्नुपर्ने भन्दै गुणस्तरमा ध्यान दिन व्यवसायीहरुलाई आग्रह गरे ।

जनआन्दोलन २०६२/०६३ पछि फस्टाएको एक मात्र सिमेन्ट उद्योगमा अर्बौको लगानी छ भने बीमा क्षेत्रले पनि पाँच दर्जनभन्दा बढि सिमेन्ट उद्योगहरुमा झण्डै खर्ब हाराहारी बीमाङ्कको बीमा गरेको अनौपचारिक तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS