IME Life New

आठौँ बृहद राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी मेला सञ्चालन हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । “कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो” भन्ने मूल नाराका २०७९ फागुन ०३ गते देखि ९ गते सम्म आठौँ बृहद राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी मेला सञ्चालन हुने भएको छ । नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनामा हुन लागेको उक्त मेला काठमाण्डौको भृकुटीमण्डपस्थित प्रर्दशनी स्थलमा सञ्चालन हुनेछ ।

उक्त मेलाको समुद्घाटन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यतामा हुने संघले जनाएको छ। समुद्घाटन समारोहमा बिभिन्न संघ संस्थाका व्यक्तित्वहरुको पनि उपस्थिति रहनेछ ।

Esewa
Crest

प्रत्येक वर्ष सञ्चलन हुँदै आएको यो मेलामा संघले विभिन्न लक्ष्य संघले विभिन्न लक्ष्य सहित प्रत्येक वर्ष यो मेला सञ्चालन गर्दै आइरहेको छ । यस पटकको मेलामा संघले नेपाली साना घरेलु तथा लघु उद्योगहरुलाई बैज्ञानिक रुपले आधुनीकीकरण गर्दै भबिष्यमा विदेशी बजारमा समेत सुपरीचित गराउदै राष्ट्रिय अर्थतन्त्रमा आमुल परिवर्तन ल्याउने लक्ष्य रहेको छ ।

मेलामा करीब ७० देखि ८० हजार दर्शक भित्राउने लक्ष्य रहेको यस मेलाले आम नेपाली उपभोक्तालाई नेपाली उत्पादनमा आत्म निर्भर गराउने संघले विश्वास लिएको छ । पछिल्ला उत्पादनहरु भन्दा नितान्त नयाँ मोडलका आधुनीक जुत्ता, चप्पल तथा छाला जन्य वस्तुहरु प्रर्दशन गरीने छ । गुणस्तरीय कच्चा पदार्थ तथा दक्ष जनशक्ती प्रयोग गरि उत्पादन गरीएका जेन्स, लेडीज, बच्चाका जुत्ताहरु, लगायत अल्लो तथा हेम्पद्धारा निर्मीत बस्तुहरु पनि प्रर्दशन तथा बिक्री वितरण गरिने छ ।

अपाङ्गगता भएका व्यक्तिहरुका लागी विशेष किसीमका जुत्ता चप्पलहरु उपलब्ध हुनेछ । साथै संघले आफ्नो उत्पादनको गुणस्तरको बारेमा उपभोक्तालाई प्रत्यक्ष रुपमा जानकारी गराउने जनाएको छ । यस मेलाको संघले जुत्ताका सौखिन पारखीहरु,आम सचेत उपभोक्ता,जुत्ताको कच्चा पदार्थका आपुर्ति कर्ताहरु तथा खरीद कर्ताहरु तथा यस सग सम्बन्धीत सबै पक्षलाई लक्षित वर्गमा राखेको छ ।

मेलामा प्रतिष्ठीत ब्राण्डका गुणस्तीय उत्पादनहरुको प्रर्दशन तथा बिक्री बितरण गरिनेछ । पछिल्ला उत्पादनहरु भन्दा नितान्त नयाँ मोडलका आधुनीक जुत्ता, चप्पल तथा छाला जन्य वस्तुहरु प्रर्दशन गरीने छ । मेलामा बिक्री बितरण गरीने जुत्तामा ६ महिना सम्मको वारेन्टी तथा चप्पल र जुत्तामा १५ देखि २५ प्रतिशत सम्मको छुट दिइने छ । गुणस्तरीय कच्चा पदार्थ तथा दक्ष जनशक्ती प्रयोग गरि उत्पादन गरीएका जेन्स, लेडीज, बच्चाका जुत्ताहरु, लगायत अल्लो तथा हेम्प द्धारा निर्मीत बस्तुहरु पनि प्रर्दशन तथा बिक्री बितरण गरीने छ ।

उपभोक्तहरुले खरीद गरेका सामानहरु फेर बदल गर्नु परेमा सम्बन्धीत कम्पनी वा कम्पनीहरुको स्वरुममा बिल सहीत सम्पर्क गर्न सकिनेछ ।आयोजित मेला स्टक क्लियरेन्स सेल मेला नभई बिशुद्ध गुणस्तरीय बस्तुहरुको प्रर्दशन भएकोले सहभागी उपभोत्तmाहरुले आफुले तिरेको मुल्यको पुर्ण सन्तुष्टी पाउनेमा संघ विश्वस्त छ । मेलामा न्युनतम् देखि उच्चतम् मुल्य तिर्न सक्ने सबै खाले उपभोक्ताहरुको लागि गुणस्तरीय तथा आरामदायी तथा आर्कषक छालाका जुत्ता तथा छाला जन्य वस्तुहरु उपलब्ध गराइने छ ।

नेपाल छाला जुत्ता उत्पादक संघमा आबद्ध उद्योगहरुको विशेष प्रर्दशनी कक्षको पनि व्यवस्था गरिएको छ । अपाङ्गभएका व्यक्तिहरुको लागि आवश्यक पर्ने जुत्ता चप्पलहरु उपलब्ध हुनेछन् । साथै यस मेलामा प्रवेश भने निशुल्क रुपमा गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS