IME Life New

आज देशभर सार्वजनिक बिदा, शेयर बजारका साथै बीमा र बैंकिङ सेवा बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिन्दू धर्मावलम्बीको पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा आज भदौ २० गते देशभर सार्वजनिक बिदा हुने भएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ । आज बैंक तथा वित्तीय संस्था, सरकारी कार्यलय र शेयर बजार पनि बन्द हुनेछ ।

संसारभरका हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले उक्त दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ। जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा(आराधना, प्रवचन, भजन(कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS