IME Life New

आज अन्तिम दिन नेपाल रिपब्लिक मिडियाको आइपीओमा कति पर्यो आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले जेठ २६ गतेदेखि आज ३० गते सम्म सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओमा करिब १३ लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज अन्तिम दिन मंगलबार साँझ ५ः०६ बजेसम्ममा १२ लाख ८२ हजार ३६३ आवेदनबाट १ अर्ब ३९ करोड २३ लाख ३८ हजार रुपैयाँ बराबरको १ करोड २९ लाख २३ हजार ३८० कित्ता शेयरको लागि आवेदन परेको हो ।

कम्पनीले जेठ २६ गते शुक्रबारदेखि सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । कम्पनीले आफ्नो जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९ प्रतिशत अर्थात ४३ करोड ५३ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ लाख ५३ हजार कित्ता शेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको छ । सोमध्ये १० प्रतिशत अर्थात ४ लाख ३५ हजार ३०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरिसकेको छ ।

Esewa
Crest

सामुहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात २ लाख १७ हजार ६५० कित्ता र कर्मचारीहरुलाई ४ प्रतिशत अर्थात १ लाख ७४ हजार १२० कित्ता शेयर छुटाएको थियो । कर्मचारीलाई कुल शेयर मध्ये ८० हजार १५९ कित्ता शेयरका लागि मात्रै आवेदन परेकोले बाँकी रहेको ९३ हजार ९६१ कित्ता सहित ३६ लाख २५ हजार ९३० कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेड आईआरएन बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँदछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ भने प्रत्याभुति कर्तामा लक्ष्मी क्यापिटल, प्रभु क्यापिटल र सिभिल क्यापिटल लिमिटेड रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS