IME Life New

आज अन्तिम दिनसम्म माई खोलाको आइपीओमा कति पर्यो आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज अन्तिम दिनसम्म माई खोला हाइड्रोपावर लिमिटेडको आइपीओमा १३ लाख भन्दा बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज अन्तिम दिन मंगलबार साँझ ५ः०३ बजेसम्ममा १३ लाख ३१ हजार २३८ आवेदनबाट १ अर्ब ४८ करोड ७ लाख ७५ हजार रुपैयाँ बराबरको १ करोड ४८ लाख ७ हजार ७५० कित्ता शेयरको लागि आवेदन परेको हो ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ ।

Esewa
Crest

कम्पनीले बैशाख ८ गतेदेखि आज १२ गतेसम्म आइपीओ विक्री गरेको हो । कम्पनीले जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको ४९ प्रतिशतले दरले हुने आउने १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको १९ लाख २१ हजार ५६८ कित्ता शेयर निष्काशनमा ल्याएको हो । त्यस मध्ये १० प्रतिशत अर्थात ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको ३ लाख ९२ हजार १५७ कित्ता शेयर आयोजना प्रभावित स्थानिय बासिन्दालाई निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

त्यस्तै कम्पनीको जारी पूँजीको ३९ प्रतिशत अर्थात १५ लाख २९ हजार ४११ कित्ता शेयरको १० प्रतिशत अर्थात १ करोड ५२ लाख ९४ हजार १०० रुपैयाँ बराबरको १ लाख ५२ हजार ९४१ कित्ता शेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि बिक्री गरिसकेको छ ।

साथै २ प्रतिशत अर्थात ३० हजार ५८८ कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७६ हजार ४७१ कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरी बाँकि रहेको १२ लाख ६९ हजार ४११ कित्ता शेयर मात्रै सर्व साधारणको लागि वितरण गर्नेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभूतीकर्ता नागरिक लगानी कोष रहेको छ । आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था ईक्रा नेपाल लिमिटेडले कम्पनीलाई ईक्राएनपी आईआर डबलबी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुनिश्चतता रहको जनाउँदछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS