IME Life New

आजीवन जीवन बीमा भनेको के हो?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आजीवन बीमा एक प्रकारको स्थायी जीवन बीमा हो, जस अन्तर्गत बीमितले समयमै बिमाशुल्क भुक्तानी गरेको अवस्थामा बाचुञ्जेलसम्म जोखिम बहन हुन्छ।
आजीवन जीवन बीमा म्यादी जीवन बीमा भन्दा फरक छ, जसले बीमित व्यक्तिलाई निश्चित समय (सामान्यतया ५ र ३० वर्षको बीचमा) मात्र जोखिम बहन गर्दछ। आजीवन जीवन बीमा बीमितले खरिद गर्ने स्थायी जीवन बीमा योजनाको सबैभन्दा सामान्य प्रकार हो।अधिकांश आजीवन जीवन बीमा योजनाहरु जस्तै, आजीवन जीवनले “नगद मूल्य” भनिने बचत घटक प्रदान गर्दछ।
आजीवन जीवन बीमाको साथमा तपाईलाई चाहिने सुरक्षा र मनको शान्ति पाउनुहोस्। आजीवन जीवन बीमाका केही पक्षहरूले यसलाई तपाई सामू आकर्षक विकल्प बनाउन सक्छ।
स्थिर बीमाशुल्क: आजीवन बिमा योजना अन्तर्गत तपाईले भुक्तानी गर्नुपर्ने बीमाशुल्क बिमा अवधिभर नै स्थिर रहन्छ। र बजारको अवस्थालाई ध्यान दिएर कहिल्यै घट वा बढ हुँदैन । ऋण सुविधा: बिमालेखको धितोमा तपाईं ऋण लिन सक्षम हुन सक्नुहुन्छ। कुनै काबु बाहिरको परिस्थितिले जीवन बिमालाई निरन्तरता दिन नसकेको अवस्थामा बिमालेख समर्पण गरेर रकम झिक्न सक्नुहुन्छ। समर्पण गरेपछि बिमा स्थायीरुपमा बन्द हुनेछ।
सुरक्षाको पूर्ण प्रत्याभूति: तपाईंले आवश्यक बिनाशुल्क नियमित रुपमा भुक्तान गरेसम्म तपाईंको ‘मृत्यु लाभको ग्यारेन्टी’ गरिएको हुन्छ। मृत्यु लाभमा कुनै दुर्घटनामा परेर बीमितको मृत्यु भएमा बिमांकको दोब्बर रकम भुक्तानी हुन्छ। कालगतिले मृत्यु भएको अवस्थामा बिमांक बराबरको रकम भुक्तानी हुन्छ।
कसलाई चाहिन्छ आजीवन जीवन बीमा?
भविष्यमा सुनिश्चितता खोज्ने मानिसको लागि यो जीवन बीमा योजना एकदमै उपयुक्त हुन्छ। यो बिमा अन्तर्गत भुक्तानी गर्नुपर्ने बीमाशुल्क, बहन हुने जोखिम, प्राप्त गर्ने लाभ(रकम) सुनिश्चित हुने भएकोले अन्यौलता रहँदैन। तपाई परिवारको अभिभावक हुनुहुन्छ वा परिवारका सदस्यहरु तपाईले गर्ने आम्दानीमा निर्भर रहेको अवस्था छ भने पनि यो बीमा योजना भविष्यको वित्तीय व्यवस्थापनको लागि भरपर्दो माध्यम हुनसक्छ। कुनै कारणवश तपाईको निधन भएको अवस्थामा परिवारजनमा आइपर्न सक्ने वित्तीय संकटलाई यसले पुरापुर व्यवस्थापन गरिदिन्छ।
कसरी गर्ने आजीवन बीमा?
तपाईले आजीवन जीवन बीमा गर्नु अघि आफ्नो चिनजानको अनुभवी बीमा अभिकर्तासँग परामर्श गर्नुहोस् र आफ्नो आवश्यकता अनुसारको अतिरिक्त सुविधा समेत जोडेर बीमालेख किन्नुहोस्। यसको अतिरिक्त जीवन बिमा कम्पनीको नजिकको शाखा कार्यालयमा गएर पनि तपाईले आफूले गर्न लागेको जीवन बीमा योजनाबारे सरल र सहजरुपमा बुझ्ने गरी पूर्ण जानकारी प्राप्त गर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS