IME Life New

आजसम्म शेयर किन्नेले नागरिक लगानी कोषको प्रस्तावित लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली असार १९ गते बुक क्लोज गर्दैछ। त्यसकारण आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले असार ३१ गते आफ्नो २८औं वार्षिक साधारण सभा गर्दैछ । उक्त सभा आफ्नो केन्द्रिय कार्यालय, सीआईटी बिल्डिङ, नयाँ बानेश्वरमा अपरान्ह ३ बजे शुरु हुने जनाएको छ।

Esewa
Crest

सभाले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनार्थ १.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभाले सञ्चालक समितिमा अन्य बैंक तथा वित्तीय संस्थाहरु मध्येबाट त्यस्ता संस्थाले तोके बमोजिम निर्वाचित वा मनोनीत गरेको एक सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

अघिल्लो वर्षको मुनाफाबाट गत वर्ष कोषले ३० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS