IME Life New

आजसम्म शेयर किन्नेले अपर तामाकोशीको शतप्रतिशत हकप्रद भर्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्काशन तथा प्रयोजनका लागि भोलि साउन २६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण आज साउन २५ गतेसम्म कायम शेयरधनीहरु मात्रै यस कम्पनीको हकप्रद भर्न सक्नेछन् ।

कम्पनीलाई गत असार २२ गते नेपाल धितोपत्र बोर्डले चुक्तापुँजीको १ः१ को अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद निष्काशनको स्वीकृति दिएको थियो। कम्पनीले १०० अंकित दरका कुल १० करोड ५९ लाख कित्ता हकप्रद निष्काशन गर्नेछ।

Esewa
Crest

अपर तामाकोशीको हकप्रदको निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल छन्। हाल अपर तामाकोशीको चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ। हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS