IME Life New

आजसम्म कायम शेयरधनीले आँखुखोला जलविद्युतको हकप्रद भर्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज असार ३१ गते अन्तिम दिन रहेको छ।

कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ भोलि साउन १ गते बुक क्लोज गर्दैछ। यससको अर्थ आज असार ३१ गतेसम्म कायम शेयरधनीहरुले यो कम्पनीको हकप्रद शेयर खरिदका लागि आवेदन दिन योग्य हुनेछन्।

Esewa
Crest

नेपाल धितोपत्र बोर्डले गत असार १९ गते आँखुखोला जलविद्युतलाई हकप्रद शेयर बिक्रीका लागि अनुमति पाएको दिएको थियो। कम्पनीले यद्यपि हकप्रद शेयर निष्कासनको मिति तय गरेको छैन।

कम्पनीले हाल कायम चुक्तापुँजी ८० करोड रुपैयाँको १ः१.५ अनुपातमा अर्थात १५० प्रतिशत हकप्रद शेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड २० लाख कित्ता हकप्रद शेयर आफ्ना शेयरधनीहरुलाई बिक्री गर्नेछ।

हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब रुपैयाँ पुग्नेछ। यो कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS