IME Life New

आजबाट हवाई भाडामा कर लाग्ने, विदेशबाट नेपाल आउँदा भने छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आजबाट सम्पूर्ण हवाई सेवामा कर लाग्ने भएको छ । नेपाल वायुसेवा सञ्चालक संघले विज्ञप्ति जारी गर्दै साउन १ गतेदेखि हवाई भाडामा कर समायोजन गर्ने जनाएको हो ।

हवाई यातायात सेवामा आर्थिक ऐन,२०८० बाट मूल्य अभिवृद्धि कर लाग्ने भएकोले कर लाग्ने कारोबारको सीमा बीमा लाख रुपैयाँ नाघेको मितिले तीस दिनभित्र कारोबार दर्ता गरी कर संकलन गर्नपर्ने व्यवस्था रहेको छ । साथै हवाई यातायात सेवा प्रदायकले मूल्य अभिवृद्धि करमा दर्ताको लागि दरखास्त दिनुपर्नेछ । विदेशी हवाई यातायात सेवा प्रदायकले सम्बन्धित निकायबाट जारी भएको सञ्चालन अनुमति पत्रको प्रतिलिपि समेत संलग्न गर्नुपर्ने छ ।

Esewa
Crest

दर्ता हुँदाका बखत मौज्दातमा रहेको कर लाग्ने कारोबारमा प्रयोग हुने वस्तुमा तिरेको वा तिर्नुपर्ने कर दर्ता भएको पन्ध्र दिनभित्र मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को अनुसूचि १६ बमोजिम ढाँचामा निवेदन दिनुपर्ने छ ।

दुवैतर्फको हवाई टिकट जारी गर्दाको हकमा विदेशबाट नेपाल आउँदाको हवाई टिकट मूल्यमा मूल्य अभिवृद्धि कर संकलन गर्नुपर्ने छैन । नेपालबाट प्रस्थान नहुने तर नेपालमा दर्ता भएका व्यक्तिले हवाई टिकट जारी गरेको हकमा मूल्य अभिवृद्धि कर असुल गर्न नपर्ने लगायत ११ वटा व्यवस्था गरिएको छ ।

ht

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS