IME Life New

आजदेखि बैंक–बीमा कम्पनीका कर्मचारीहरु कार्यालय जान पाउने, यस्तो छ व्यवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना भाइरसका विरुद्धमा राजधानी उपत्यकाका तीन वटा स्थानीय प्रशासन जारी गरेको निषेधाज्ञामा बैंक तथा बीमा कम्पनीका कर्मचारीहरु आज कार्यालय जान पाउनेछन् । निषेधाज्ञाको पहिलो दिन हिजो उचित समन्वय हुन नसक्दा बैंक तथा बीमा कम्पनीका सयौं कर्मचारीहरु बीच सडकमै रोकिएका थिए । जसका कारण बैंकिङ प्रणाली सहज हुन सकेन भने बीमा कम्पनीका धेरै शाखा कार्यालयहरु समेत खुल्न सकेनन् ।

काठमाडौंका तीन वटै स्थानीय निकायले बैंक बीमा कम्पनीहरुका लागि आजबाट समन्वय गरेको जनाएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले दिएको जानकारी अनुसार फोटो सहितको परिचय लगाएका बैंक तथा बीमा कम्पनीका कर्मचारीहरुलाई कार्यालय जान दिइनेछ । उनका अनुसार कार्यालय जाने समय विहान ९ः३० बजेदेखि ११:३० बजेसम्म र साँझ ३ः३० बजेदेखि ५ः३० बजेसम्म कार्यालय आऊजाऊ गर्न पाइनेछ । ढकालले भने, ‘हामीलाई गृहबाट प्राप्त आदेशमा बैंक तथा बीमा कम्पनीका फोटो सहितका परिचय लगाएका कर्मचारीहरुलाई कार्यालयसम्म जान दिने भन्ने आदेश छ, सो अनुसारका बैंक बीमा कम्पनीका कर्मचारीहरु कार्यालय जान पाउनुहुन्छ ।’ एसएसपी ढकालले फोटो सहितको परिचय पत्र नभएका कर्मचारीहरुलाई सडकमा अबरोध हुनसक्ने बताएका छन् । उनले परिचय छुटेका तथा अन्य कुनै कारणले परिचय पत्र नभएकाहरु बाहिर ननिस्कन समेत आग्रह गरेका छन् ।

Esewa
Crest

ट्राफिक प्रहरीले निश्चित कोटा तोकिएकोले सो बमोजिम नै बैंक तथा बीमा कम्पनीहरुले कर्मचारीहरु कार्यालय पठाउने विश्वास लिएको जनाएको छ । तत्कालको लागि भने बीमा तथा बीमा कम्पनीका कर्मचारीहरुलाई अबरोध नहुने काठमाडौं जिल्ला प्रशासन कार्यालयले समेत प्रष्ट पारेको छ । यद्यपि आज हरितालिका तीज भएकोले महिला कर्मचारीहरुलाई छुट्टी भएकोले सडकमा भिड निकै कम हुने छ । नेपालको बैंक तथा बीमा क्षेत्रमा ठुलो संख्यामा महिला कर्मचारीहरु कार्यरत छन् ।

महानगरीय ट्राफिक प्रहरीका अनुसार बैंक बीमा कम्पनी भने पनि स्टक मार्केट सम्बन्धमा कुनै आदेश नभएकोले त्यस्ता कम्पनीका कर्मचारीहरुलाई अबरोध हुनसक्नेछ । महानगरीय ट्राफिक प्रहरीले स्पष्ट आदेश सहितको पत्र नै फिल्डमा दिएर खटाएको जनाएको छ । गृहबाट प्राप्त सूचिमा स्टक मार्केट सम्बन्धी कुनै व्यवस्था नभएको ट्राफिक प्रहरी प्रमुख ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS