IME Life New

आजदेखि दुई डेपुटी गभर्नरको पद रिक्त, कसले मार्ला बाजी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नरको पदावधि सकिएको छ । डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठको ५ वर्षे कार्यकाल सम्पन्न भए सँगै राष्ट्र बैंकको दुबै डेपुटी गभर्नरको पद रिक्त भएको हो।

दुबै डेपुटी गभर्नरले अवकास पाए पनि नेपाल सरकारले अहिलेसम्म कुनै पनि प्रकृयाँ अगाडि बढाउन सकेको छैन। डेपुटी गभर्नरको नियुक्ति नेपाल सरकार मन्त्रिपरिषदले गभर्नरको सिफारिसमा नियुक्त गर्ने कानुनी व्यवस्था छ। नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार गभर्नरले डेपुटी गभर्नर पदमा नियुक्तिको लागि सिफारिस गर्दा बैंकका विशिष्ट श्रेणीको अधिकृतहरु मध्येबाट कार्यक्षमताको आधारमा रिक्त पदको दोब्बर संख्यामा नामावली सिफारिस गर्नु पर्ने हुन्छ।

Esewa
Crest

यसका लागि सबैभन्दा पहिला गभर्नरले कम्तिमा पनि चार जनाको नाम अर्थमन्त्री समक्ष सिफारिस गर्ने छन्। उक्त चार जना मध्येबाट दुई जनाको नाम अर्थमन्त्रीले मन्त्रिपरिषदमा नियुक्तिको लागि सिफारिस गर्न सक्ने छन्। त्यसैले गर्दा राजनीतिक समिकरण र पहुँचका आधारमा डेपुटी गभर्नरको पद निर्धारित हुनेछ।

यसै ऐन अनुसार डेपुटी गभर्नर पदमा नियुक्त भएको व्यक्ति बैंकको सेवाबाट स्वतः निवृत्त हुने व्यवस्था छ। हाल नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदमा १७ जना रहेका छन्। वरियताका आधारमा हेर्ने हो भने सबैभन्दा अगाडि भुवन कर्डेल रहेका छन् भने अन्तिममा राम बहादुर मानन्धर रहेका छन्।

 

तर डेपुटी गभर्नरका लागि नेपाल सरकार र गभर्नर दुबै पक्षबाट मन जितेको कार्यकारी निर्देशकले बाझी मार्ने छन्। पछिल्लो राजनीतिक घटना क्रमले डेपुटी गभर्नरको नियुक्तिमा संसय पैदा भएको छ। प्रधानमन्त्री केपि शर्मा वलीकै पद धरापमा रहेकाले अवको राजनीतिक समिकरण कसरी बन्छ भन्ने कुराले पनि डेपुटी गभर्नरको नियुक्ति ओझेलमा परेको हो।

डेपुटी गभर्नर राष्ट्र बैंकको दोस्रो शक्तिशाली पद हो। सरकारलाई आर्थिक सल्लाह प्रदान गर्नेदेखि लिएर समग्र बैंकिङ प्रणाली सञ्चालनका लागि डेपुटी गभर्नरको पद शक्तिशाली मानिन्छ। यदि अहिलेकै सरकारले डेपुटी गभर्नरको नियुक्ति गर्यो भने डा. प्रकाश श्रेष्ठ, देव कुमार ढकाल, निलम तिमल्सिना, बम बहादुर मिश्र लगायतले बाजी मार्ने चर्चा चलिरहेको छ।

तर अवको सरकारको समिमिकरण कसरी बन्छ भन्ने कुराले पनि यसलाई प्रभावित पार्ने देखिन्छ। यदि केपि शर्मा वलीले नेपाली काङ्ग्रेसलाई साथ लिएर सरकार बनाउने प्रयत्न गरे भने एक जना काङ्ग्रेसको भागमा पनि पर्न सक्ने सम्भावना उत्तीकै छ। यस अगाडि पनि दुई डेपुटी मध्ये एक जना नेपाली काङ्ग्रेस र एक जना नेकपाको तर्फबाट सिफारिस भएका थिए। हाल डा. प्रकाश श्रेष्ठ अर्थमन्त्रीको आर्थिक सल्लाहकार भएकोले उनलाई डेपुटी गभर्नरको रुपमा निर्विरोध पात्रका रुपमा चर्चा गर्ने गरिएको छ। तर यसमा अर्थमन्त्री तथा प्रधानमन्त्री दुबैको मन जित्नेले बाजी मार्ने पक्का छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS