IME Life New

आजदेखि जीवन विकास लघुवित्तको आईपीओ विक्री खुला,कति कित्ता आवेदन दिँदा ठिक ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीको जारी पूँजी रु. ६०,८४,००,००० को ३२ दशमलव ५० प्रतिशतले हुन आउने रु. १९,७७,३०,००० रकम बराबर प्रति शेयर रु.१०० अंकित दरका १९,७७,३०० कित्ता साधारण शेयरमध्ये ३०,४२० कित्ता शेयर (जारी पूँजीको ०.५ प्रतिशत) कर्मचारीहरुलाई र ९८,८६५ कित्ता शेयर (कुल निष्काशनको ५ प्रतिशत) सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी रहने १८,४८,०१५ कित्ता साधारण शेयरहरुको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दैछ।

उक्त आईपीओमा सर्वासाधारण  लगानीकर्ताले १८ लाख ४८ हजार १५ कित्तामा आवेदन दिन सक्ने छन् । यसको अर्थ दश कित्ता नियम अनुसार १ लाख ८४ हजार ८०१ लगानीकर्ताले मात्र दश कित्ता शेयर प्राप्त गर्ने छन् । यस आईपीओको परेको आवेदनहरुलाई आधार लिंदा १८ लाख माथिले आवेदन दिने अनुमान सजिलै गर्न सकिन्छ त्यसैले  जीवन विकास लघुवित्तकोआईपिओमा दश कित्तामा आवेदन दिँदा पनि पुग्ने देखिन्छ ।

Esewa
Crest

उक्त आइपीओमा असार १५ गते बैंकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ ।  यदि असार १५ गते सम्म पनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेको अवस्थामा असार २५ गते सम्म समय थपिने छ । विगत देखिको तथ्याङ्क अनुसार समय थपिने सम्भावना एकदमै न्यून जस्तै छ ।

संस्थाको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । संस्थाको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

र यो पनि :

असार ११ देखि आउने जीवन विकास लघुवित्तको आईपीओको बारेमा सम्पूर्ण जानकारी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS