IME Life New

आजदेखि अपि पावरको ११ लाख ९४ हजार कित्ता शेयर लिलामीमा विक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आज असोज १७ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाममा विक्री खुला गरेको छ । कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सर्बसाधारण समुहतर्फको ११ लाख ९४ हजार ९ सय ३४ कित्ता शेयर लिलाम गरेको हो । उक्त लिलामीको शेयरमा असोज २४ गतेसम्म आवेदन दिन सकिने छ । शेयर लिलाम प्रकियाको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतमका लागि कुनै हक लाग्ने छैन।

Esewa
Crest

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका ठिमी–भक्तपुर, कुमारीपाटी–ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुङ्ग–पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही–दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कम्पनीले साउन ३१ गतेदेखि भदौ १९ गतेसम्म १० बराबर ४ अनुपातमा निष्काशन गरेको हकप्रद शेयर असोज ८ गते बाँडफाँड गरेको छ । कम्पनीले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता शेयर निष्काशन गरेको थियो। सोमध्ये निष्काशन अवधिभर रीतपूर्वक आवेदन दिने १ लाख १० हजार ५६१ शेयरधनीहरुलाई १ करोड ५३ लाख ३७ हजार २०३ कित्ता शेयर बाँडफाँड गरिएको हो।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS