IME Life New

आगामी ५ वर्षमा दक्षिण र दक्षिणपूर्वी एशियामा डिजिटल माध्यमबाट सम्पत्ति बीमाको कारोबार ९ खर्ब नाघ्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं। अन्तर्राष्ट्रिय पूनर्बीमा कम्पनी स्विस रि अन्तर्गतको अनुसन्धान संस्था स्वीस रि इन्स्टिच्युटले गरेको अनुसन्धानमा अनलाइनमार्फत गरिने व्यक्तिगत सम्पत्ति बीमा दक्षिण एशिया र दक्षिण पूर्वी एशियामा आगामी पाँच वर्षभित्र साढे सात अर्ब अमेरिकी डलर अर्थात् ९ खर्ब ४ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ।

स्वीस रिले दक्षिण र दक्षिणपूर्वी एशियाको निजी सम्पत्ति बिमा (घर, व्यक्तिगत दुर्घटना र रोजगारी) लाई अनलाइनमार्फत खरिद गर्ने इच्छा सम्बन्धमा गरेको सर्वेक्षणको परिणाम प्रकाशित गरेको हो।

Crest

पहिलो पटक गरिएको यो अनुसन्धानमा दक्षिण र दक्षिण पूर्व एशियामा व्यक्तिगत सम्पत्ति बीमामा अनलाइन माध्यम अपनाउन इच्छुक ५६०० जनाबीच सर्वेक्षण गरिएको हो। सर्वेक्षणमा भारत, सिंगापुर, मलेशिया, इन्डोनेशिया, थाईल्याण्ड र भियतनामका सर्वसाधारणको सहभागिता रहेको स्वीस रिले जारी गरेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS