IME Life New

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षा हुने पूर्वानुमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने पूर्वानुमान गरेको छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो यी चार प्रदेशका एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले प्रकाशन गरेको विशेष बुलेटिन अनुसार यी चार प्रदेशका केही स्थानमा बाहेक मधेश, कर्णाली र सुदूरपश्चिम समेत सातवटै प्रदेशका थोरै स्थानमा  भारी देखि धेरै भारी वर्षाको संभावना छ।साउन २२ देखि २३ गतेसम्म भूक्षय, बाढी पहिरो, गोग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने संभावना बढी रहेकाले शहरी तथा तराइ क्षेत्रमा डुबानको उच्च जोखिम औंल्याइएको छ।

Esewa
Crest
श्रोतः जल तथा माैसम विज्ञान विभाग

महाशाखाले देशका अधिकांश भागमा वर्षा हुने भएको जनाउँदै धेरै ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ ।

रातको समयमा अधिक वर्षाको संभावना भएकाले सतर्क रहन समेत महाशाखाले अनुरोध गरेको छ।

महाशाखाले जारी गरेको माैसम पूर्व चेतावनी सम्बन्धि बुलेटिनमा मनसुन न्यून चापीय रेखा नेपालको नजिक आएकोले बुधबारसम्म मनसुन सकृय रहने उल्लेख छ ।

२४ घण्टाको अवधिमा २०० मिलिमिटरभन्दा धेरै वर्षा हुनुलाई अति भारी वर्षा भनिन्छ । यसैगरी १०० मिलिमिटरदेखि २०० सम्म पर्नुलाई धेरै भारी वर्षा भएको मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS