IME Life New

आक्रामक व्यापार विस्तार गर्दै ज्योति लाइफ इन्स्योरेन्स, जीवन बीमा कोषमा १ अर्बमाथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन प्रकाशन गर्ने ज्योति लाईफ इन्स्योरेन्स पहिलो बीमा कम्पनी भएको छ। कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ७५ करोड १३ लाख कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३१ करोड ८३ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो।  यसरी कुल बीमा शुल्क आर्जन रकम १३६ प्रतिशतले वृद्धि गर्न सफल भएको छ।

 

Esewa
Crest

जीवन बीमा कम्पनीको जीवन बीमा कोषको ठुलो महत्व रहेकोमा ज्योति लाइफको जीवन बीमा कोष २६७ प्रतिशतले वृद्धि हुँदै १ अर्ब २० करोड पुगेको छ। जगेडा कोष पनि ९५ प्रतिशतले वृद्धि हुँदै ३३ करोड ४६ लाख पुगेको छ।

कम्पनीले ६ करोड ८९ लाख खुद मुनाफा गरेकोमा खुद मुनाफा गत आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा ७ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको प्रकाशित प्रति शेयर आम्दानी ८ रुपैया ९५ पैसा छ ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ५४ करोड रहेकोमा निकट भविष्यमा आईपिओ मार्फत कम्पनीले २ अर्ब पूँजीको लक्ष्य हासिल गर्ने छ। कम्पनीको किताबी मूल्य १२४ रुपैया १५ पैसा रहेको छ।

दोश्रो त्रैमासको वित्तिय विवरण अनुसार भुक्तानी हुन बाँकी रकम शुन्य रहेको छ।

यद्यपि, जीवन बीमा कम्पनीहरुको  हकमा भने एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS