IME Life New

आकर्षक तलव सुविधा पाइने जागिरको रुपमा लिइने एक्चुअरी साइन्स पढ्न कत्तिको गाह्रो छ ? कसरी प्रवेश गर्ने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आकर्षक तलव सुविधा पाइने जागिरको रुपमा एक्चुअरी पेशालाई लिने गरिन्छ । विश्वमै उत्कृष्ट पेशाको रुपमा लिइने एक्चुअरी नेपालमा भने शुन्य अवस्थामा रहेका छन् । विदेशी एक्चुअरीको भरमा नेपालको बीमा कम्पनीहरु चल्नु परिरहेको छ । बीमा व्यवसायका महत्वपूर्ण कार्यहरु जस्तैःबीमालेख तयार पार्न, बीमाशुल्क निर्धारण गर्न, बीमा दाबी पर्न सक्ने संख्याको पूर्वानुमान, कम्पनीको सम्पत्ति तथा दायित्वको अवस्थाको मूल्याङ्कन, बीमितलाई प्रदान गर्नुपर्ने बोनसदर निर्धारण गर्न एक्चुअरी आवश्यक पर्दछ ।

बीमांकीय मुल्यांकन जीवन बीमा कम्पनीहरुको लागि अपरिहार्य रहेको छ भने निर्जिबन बीमामा समेत यो आवश्यक पर्दछ । तर हरेक वर्ष जीवन बीमा कम्पनीहरुले एक्चुअरीको लागि विदेशी बीमाङकी खोज्नु परिरहेको अवस्था छ ।

Esewa
Crest

नेपाल २०७३ सालमा नेपालमा पहिलो पटक त्रिभुवन विश्वविधालयले गणित विज्ञान स्कुल बीमाङ्की विज्ञान विषयको पठनपाठन शुरु गरेको छ । पछिल्लो समयमा नेपालमा पनि यस विषयप्रति धेरै विद्यार्थीहरुको चासो बढेको पाइन्छ । विश्व बीमा बजारमा सर्वाधिक माग भएको पेशाको रुपमा एक्चुअरीलाई लिने गरिएको छ । नेपालमा एक्चुअरी पढेका विद्यार्थीहरुले भारतमा जागिर समेत पाइसकेका छन् । यसको स्कोप धेरै रहेको यस विषय अध्ययन गरिरहेका विद्यार्थीहरुको धारण रहेको छ ।

ईशा तक्षेकार प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत छिन् । नेपालमा एक्चुअरी साइन्स पढाई शुरु भएपछिको उनी दोस्रो व्याज हुन् । उनले हालसम्म ५ वटा पेपर पास गरिसकेकी छिन् । नेपालमा एक्चुअरीको भविष्य धेरै राम्रो रहेको कुरा उनी बताउँछिन् । नेपालमा मात्र हैन यो पेशा विश्वको बीमा बजारमा धेरै स्कोप भएको पेशाहो उनले भनिन् । म साइन्सको विद्यार्थी हुँमलाई यो विषय पढ्नलाई धेरै गाह्रो त भएन तर यो एक्चुअरी विषय एउटा आफैमा गाह्रो विषयहो उनले भनिन्। ”

एक्चुअरी विषय पढ्न चाहाने विद्यार्थीलाई उनले सुझाव दिँदै भनिन् जसरी मान्छेलाई एउटा केही कुरामा लत लागेको हुन्छ त्यसैगरी यो विषय पढनलाई पनि लत लागेको हुनुपर्छ । अन्य विषय जस्तो चाँही यो हैन् । ”एक्चुअरी पढ्नका लागि गणित र फाइनान्समा धेरै चासो भएको हुनुपर्छ ।” मलाई लाग्छ एक्चुअरी साइन्स विषय राम्रोसँग पढेर सबै पेपर पास गर्न सकियो भने नेपाली बीमा बजारमा त यसको भविष्य धेरै नै उज्जवल रहेको छ उनले भनिन् ।

एक्चुअरी पढ्दै गरेका विद्यार्थीहरुका अनुसार यो विषय बढ्लाई धेरै गाह्रो रहेको बताउँछन् ।

एक्चुअरी अध्ययन कसरी गर्ने?
प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण गरिसकेकाहरुले त्रिभुवन विश्वविद्यायलको गणित विज्ञान स्कुलबाट सेमेस्टर प्रणाली अन्तर्गत चार वर्षे स्नातक तह अध्ययन गर्न सकिन्छ । स्कुलले संचालन गरेको यो कोर्ष एक्चुअरी बन्नका लागि अध्ययन गर्नुपर्ने एउटै मात्र विकल्प हो।
जुनसुकै संकायबाट प्लस टू वा सो सरहको परीक्षामा १०० पूर्णाङ्कको म्याथम्याटिक्स वाविजिनेश म्याथम्याटिक्स विषय लिएर कम्तीमा दोश्रो श्रेणीवा ग्रेडिङ सिस्टममा सीजीपीए दुई वा सोभन्दाबढी प्राप्त गरेको व्यक्ति स्कुलले संचालन गरेको उक्त कोर्ष अध्ययन गर्नका लागि योग्य हुन्छन् ।

उक्त योग्यता पुगेको विद्यार्थीहरुले गणित विज्ञान स्कूल, बल्खुमा स्कुलबाट संचालन गरिने प्रवेश परीक्षामा सामेल भई मेरिट लिस्टका आधारमा भर्न पाउने छन् स्कुलले हरेक वर्ष ३६ जनाका लागि कोटा छुट्ट्याएको छ । त्यस आधारमा छनौट भएका विद्यार्थीहरु मात्रै स्कुलले संचालन गरिने कोर्ष अध्ययन गर्न सकिन्छ ।

त्यस्तै, त्रिभुवन विश्वविद्यालयको नियमानुसार १० प्रतिशत विद्यार्थीहरुलाई छात्रवृतिको व्यवस्था गरिएको छ । यहि कोर्षको बीचमा विद्यार्थीहरुलाई प्रोजेक्टवर्क, इन्टर्न र सेमिनारको व्यवस्थापनि स्कुलले गरेको जनाएको छ ।

सर्टिफाइड एक्चुरी हुनका लागि १३ वटा पेपर पास
सर्टिफाइड एक्चुरी हुनका लागि १३ वटा पेपर पास गर्नुपर्ने हुन्छ । ७ वटा पेपर पास भएपछि एसोसियटेड एक्चुरीको मान्यता दिईन्छ । बाँकी ६ वटा पेपरलाई फेलो एक्चुरीको नाम दिईएको छ । बीमा नियमावली, २०४९ को नियम ३५ बमोजिम बीमाङ्कीको योग्यता मान्यता प्राप्त ‘इन्स्टिच्यूट अफ एक्चुअरी’बाट फेलोसिप उपाधि हासिल गरेको हुनुपर्नेछ भनि तोकिएको छ । मान्यता प्राप्त धेरै वटा इन्स्टिच्यूट भएपनि प्रोफेशन रुपमा बीमाङ्की जाँच दिनका लागिक्ष्ँइब्(ग्प्, क्इब्(ग्क्ब् र क्ष्ब्ी(क्ष्ल्म्क्ष्ब्उपयुक्त हुन सक्दछ ।

नेपालमा एक्चुअरी अध्ययन गरेका विद्यार्थीहरुले विदेशी बीमा कम्पनीमा पनि अवसर प्राप्त गरिरहेकाछन् । त्रिभुवन विश्वविद्यालयको गणित विज्ञान स्कुलबाट एक्चुअरी विषयमा स्नातक तह उर्तिण गरी चार वटा प्रोफेशनल पेपर उर्तिण गरिसकेका तीन जना विद्यार्थीले ग्लोबल रिस्क कन्सल्टेन्सीमा अनलाइन मार्फत अन्तवार्ता दिएकोमा छानिएका छन् । गणित विज्ञान स्कुलका ऋचा ढकाल, सन्तोष लामिछाने र रुषतम लवाजु छानिएका छन् ।

अहिले नेपालमा १४५ जनाले एक्चुअरीयल पढदै गरेकाछन् । ४२ जनाले विभिन्न प्रोफेशनल संस्थाबाट एकदेखि ७ पेपर पास गरिसकेका छन् । अहिलेसम्म यस स्कुलबाट दुई ब्याज पासआउट भएका छन् । पास भएर कामगर्न लागेका विद्यार्थीहरुले ४० हजारदेखि दुई लाखसम्म तलब खाइरहेका गणित विज्ञान स्कुलका कार्यक्रम संयोजक केशव फुलाराले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

31%
happy

खुसी

15%
sad

दु :खी

46%
amazed

अचम्मित

8%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS