IME Life New

आईडीएफसी फर्स्ट बैंकमा एलआईसीले बढायो हिस्सेदारी, के हो कारण ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय जीवन बीमा निगम (एलआईसी) ले निजी क्षेत्रको आईडीएफसी फर्स्ट बैंकमा आफ्नो हिस्सेदारी बढाएको छ।

भारतको सबैभन्दा ठूलो बीमा कम्पनीले बिहीबार (जुलाई ४) मा आईडीएफसी फर्स्ट बैंकमा शेयर स्वामित्व ०.२० प्रतिशतले बढाएको हो। योसँगै आइडीएफसी फर्स्ट बैंकमा एलआईसीको हिस्सेदारी बढेर २.६८ प्रतिशत पुगेको छ।

Esewa
Crest

एक्सचेन्ज फाइलिङ अनुसारका कम्पनीले प्राइभेट प्लेसमेन्ट अफर (पीपीओ) मार्फत प्रतिशेयर भारु ८०.६३ लगानी गरी बैंकमा आफ्नो शेयर स्वामित्व बढाएको छ। एलआईसीले प्राथमिकताका आधारमा आईडीएफसी फर्स्ट बैंकमा १.४२ करोड कित्ता शेयरले बढाएर २०.०२ करोड कित्ता शेयर पुर्याएको छ। योसँगै आईडीएफसी फर्स्ट बैंकमा सार्वजनिक क्षेत्रको बीमा कम्पनीको लगानी प्रतिशेयर ८०.६३ रुपैयाँका दरले २.६८ प्रतिशत पुगेको छ।

एलआईसीका अनुसार कम्पनीले लगानी उद्देश्यका लागि आईडीएफसी फर्स्ट बैंकमा आफ्नो हिस्सेदारी बढाएको हो। भारतीय शेयर बजारमा बिहीबार २.२४ प्रतिशत अर्थात भारु २२.१० ले बढेर एलआईसीको शेयरभाउ भारु १०१०.३० पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS