IME Life New

आइमएमई लाईफकाे साधारण शेयर नबिके नागरिक लगानी काेषले सकार्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रिमियम मूल्यमा सर्वसाधारणमा शेयर जारी गरेर चुक्ता पूँजी जुटाउने तयारीमा रहेकाे आइएमई लाईफ इन्स्याेरेन्सकाे साधारण शेयरकाे प्रत्याभूती नागरिक लगानी काेषले गर्ने भएकाे छ।

लगानी कोषले इन्सोरेन्सको १ सय रुपैयाँ मूल्यमा १७६ प्रिमियम थप गरी जम्मा २ सय ७६ रुपैयाँ अंकित मूल्यमा जारी गरिने १ करोड २० लाख कित्ता साधारण शेयरको ३ अर्ब ३१ करोड २० लाख रुपैयाँको सेयर प्रत्याभूति गर्नेछ । याे शेयर बिक्री नभएकाे अवस्थामा बिक्री हुन बाँकी सबै शेयर खरिद गर्नुपर्ने दायीत्व नागरिक लगानी काेषकाे हुनेछ।

Esewa
Crest

शेयर प्रत्याभूती गर्ने सम्बन्धी सम्झाैता पत्रमा आइमई लाईफ इन्स्याेरेन्स कम्पनीकाे तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल र नागरिक लगानी काेषकाे तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका छन् ।

प्रत्याभूती प्रदायक स‌ंस्थाले शेयर जारी गर्नका लागी आवश्यक नियामक प्रकृया पुरा गर्नेका साथै शेयर वितरणकाे समेत प्रबन्ध मिलाउने लगायतकाे सेवा प्रदान गर्छ।

आइएमई समूह मुख्य प्रबर्द्धक रहेकाे आइएमई लाईफ इन्स्याेरेन्सले नेपाल बीमा प्राधिकरणकाे निर्देशन अनुसार चुक्ता पूँजी पाँच अर्ब पुर्याउनुपर्ने बाध्यता छ। याे पूँजी जुटाउनका लागी स‌ंस्थापक शेयरधनीहरूलाई शत प्रतिशत राइट शेयर जारी गरेर थप चुक्ता पूँजी जुटाएकाे थियाे । हाल यसकाे चुक्ता पूँजी २ अर्ब ८० कराेड रुपैयाँ रहेकाे छ। याे सबै पूँजी स‌ंस्थापक शेयरधनीले लगानी गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%
happy

खुसी

40%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS