IME Life New

आइपीओ निष्काशन गर्ने प्रस्ताव सहित नागरिक स्टक डिलरले आब्हान गर्यो साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नागरिक स्टक डिलर कम्पनीले पुस २३ गते दोस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको मंसिर २४ गते कसेको संचालक समितिको बैंठकले उक्त सभाको मिति तय गरेको हो । सभा नागरिक लगानी कोषको भवन नयाँ बानेश्वरमा हुने कम्पनीले जनाएको छ । सभा ३ः३० बजे हुने कम्पनीले बताएको छ ।

सभामा कम्पनीले सर्वसाधारणमा जारी पू्ँजीको ३० प्रतिशतले हुन आउने १ अर्ब ५० करोड बराबरको १ करोड ५० लाख कित्ता आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०७७/०७८ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ ३१, २०७८ मा समाप्त भएको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक वित्तीय विवरण वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरु० उपर छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७४/०७९ को लागि महालेखापरीक्षकको कार्यालयबाट परामर्श प्राप्त भई यस कम्पनीको लेखापरिक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने (वर्तमान लेखापरीक्षक सुब्रत एस्ए ण्ड एसोसियट्स, चार्टड एकाउन्टेन्ट्स् का सुबत सापकोटा कम्पनी ऐन, २०६३ बमोजिम पुनः नियुक्त हुन योग्य हुने प्रस्ताव पारित गर्नेछ ।

सभामा कम्पनीको सञ्चालक समितिमा संस्थापक समूहबाट संचालकहरुको मनोनयन निर्वाचन गर्ने सम्बन्धमा । संचालकहरुको पारिश्रमिक, भत्ता एवं सुबिधा अनुमोदन तथा निर्धारण गर्ने प्रस्ताव पनि पारित हुनेछ ।

त्यसैगरी सर्वसाधारणलाई निष्काशन गर्ने क्रममा आइपर्ने सम्पूर्ण कार्यहरु गर्नको लागि सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने, यस कम्पनीको प्रबन्धपत्रको दफा संशोधन गर्ने, विशेष प्रस्तावका संशोधनहरूबाट प्रबन्धपत्रमा भएका संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट कुनै विषयमा थप संशोधन गर्न वा भाषिक संशोधन वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सो मुताविक संशोधन गर्न संचालक समितिलाई पूर्ण अख्तियारी दिने लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS