IME Life New

आइपीओ जारी गर्ने प्रस्ताव सहित माइखोला हाइड्रोपावरले बोलायो एजिएम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडामैं । माइखोला हाइड्रोपावर लिमिटेडले प्रथम वार्षिक साधारण सभा पुस २२ गते गर्ने भएको छ । सभा बिहान ९ बजे कम्पनीको केन्द्रिय कार्यालय अनामनगर, काठमाडौंमा गर्ने जनाएको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आथिृक वर्ष २०७७/०७८ वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, लेखापरीक्षकाको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने।

Esewa
Crest

त्यस्तै, सभामा आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षकको नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने, संचालक समिति सदस्यहरुको नियुक्ती अनुमोदन गर्ने, कम्पनीले प्रारम्भिक शेयर निश्काशन जारी गर्नका लागि विद्युत नियमन आयोगबाट पुर्व स्विकृती लिने प्रस्ताव पारित हुनेछ ।

त्यसैगरी कम्पनीको प्रबन्धपत्र, नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संसोधन गर्ने, प्रस्तावित संसोधनमा नियमनकारी निकायबाट कुनै फेर बदल वा सुझाव वा निर्देशन प्राप्त भएमा सोलाई सम्बोधनका लागि आवश्यक संसोधन समायोजन गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने लगायतका प्रस्ताव पारित हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS