IME Life New

आइपिओकाे तयारीमा रहेकाे क्राउन इम्पेरियल हाेटलले पायाे ‘बी प्लस’ रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वसाधारणमा प्राथमिक शेयर निष्काशनकाे तयारीमा रहेकाे चार तारे स्तरकाे हाेटल क्राउन इम्पेरियलकाे सञ्चालक अर्किड हाेल्डिङ्स लिमिटेडले केयर रेटिङ्गसबाट बी प्लस रेटिङ पाएकाे छ। हाेटल सञ्चालनका लागी सर्वसाधारणबाट समेत पूँजी जुटाउन हाेल्डिङ्गसले सर्वसाधारणमा आइपिओ निष्काशनकाे तयारी गरेकाे हाे ।

आइपिओ निष्काशन गर्नु अघि अनिवार्यरुपमा इस्युअर रेटिङ अर्थात ‘शेयर निष्काशनकर्ता रेटिङ’ गराउनुपर्ने भएकाले अर्किड हाेल्डिङ्गसले रेटिङ गराएकाे हाे । हाेल्डिङ्गस अन्तर्गत रवि भवनमा १३१ काेठाकाे बहुतल्ले हाेटल सञ्चालनमा रहेकाे छ।

Esewa
Crest

अर्किड हाेल्डिङ्गसले व्यापारमा सुधारका बावजुद ठूलाे नाेक्सानी व्यहाेर्नु परेकाे छ। कम्पनीकाे काराेबार रकम वृद्धि भएपनि कर्जामा ब्याज भारका कारण नाेक्सानी बढेकाे छ। केयर रेटिङ्गसले सार्वजनिक गरेकाे प्रेस विज्ञप्ती अनुसार गत आर्थिक वर्षमा याे हाेटलले काराेबारमा ८४ प्रतिशतकाे वृद्धि हासिल गर्दै १२ कराेड २० लाख रुपैयाँ बराबरकाे काराेबार गरेकाे छ। हाेटलकाे कूल आम्दानीकाे ५८ प्रतिशत हिस्सा सभा, सम्मेलन,जमघट र प्रदर्शनीबाट भएका छन् । यसबाहेक ४० प्रतिशत आम्दानी बास बस्न आउने आगन्तुकबाट प्राप्त गरेकाे छ।

ठूलाे स‌ंख्यामा काेठा भएपनि हाेटलकाे काेठा बिक्रीकाे दर भने ज्यादै दयनीय छ। अघिल्लाे आवमा याे हाेटलले कूल उपलब्ध काेठाकाे जम्मा ८‍.५३ प्रतिशत काेठा मात्र बिक्री गर्न सकेकाे थियाे । त्यसमा थाेरै सुधार गरेर गत आवमा २१‍.३६ प्रतिशत पुर्याएकाे छ। हाेटललाई सञ्चालन नाेक्सानीबाट जाेगाउन कम्तीमा ४० प्रतिशत काेठा बिक्री भएकाे हुनुपर्छ । नाफाका लागी ६० प्रतिशत काेठा बिक्री हुनु आवश्यक छ।

हाेटलकाे घाटा पूर्ती गर्न र कर्जाकाे भार घटाउनका लागी स‌ंस्थापकहरूले हकप्रद शेयरमार्फत् गत आर्थिक वर्षमा थप ४१ कराेड ७० लाख रुपैयाँ पूँजी लगानी गरेका छन् । कम्पनीकाे चुक्ता पूँजी वृद्धि भएपनि घाटाका कारण ब्याज भार बहन गर्ने क्षमता १ गुणाभन्दा पनि तल्लाे स्तरमा रहेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS