IME Life New

आइएमई लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम ७० रुपैयाँसम्म पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७ /७८ को बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७७/२०७८ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भई कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको बीमालेखहरुमा बोनस दर मृत्यु दाबी,पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा समितिबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि यस कम्पनीले उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।

कम्पनीले न्युनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धाण गरेको छ ।

Esewa
Crest

सावधिक जीवन बीमालेख
कम्पनीले यस बीमालेखमा न्युनतम प्रतिहजार ३० रुपैयाँदेखि ७० रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । यस सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि पनि ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ३५ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ४८ रुपैयाँ, बोनसदर कायम भएको छ । त्यस्तै, २५ देखि २९ वर्ष अवधिको लागि ६३ रुपैयाँ छ भने यसै पोलिसीको ३० वा सोे भन्दा बढि अवधिको लागि प्रतिहजार ७० रुपैयाँ कायम भएको छ ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको २७ हजार ८५० वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३५ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमालेख
सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ३० रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर कामय गरेको छ । ९ वर्ष अवधिसम्मको लागि प्रति हजार ३० रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ४८ रुपैयाँ, २५ देखि २९ वर्षसम्मको अवधिका लागि ६३ रुपैयाँ र ३० वर्ष वा सो वर्षभन्दा माथि अवधिका लागि प्रति हजार ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको २ हजार १२७ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३८ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख
अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ३० रुपैयाँदेखि ६३ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ३५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ४८ रुपैयाँ र २५ देखि २९ वर्ष अवधिको लागि ६३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
कम्पनीले १५ देखि १९ वर्ष अवधिको १ हजार ५०७ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३५ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

त्यस्तै, कम्पनीको वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता) जीवन बीमालेखको सबै अवधिमा एउटै बोनसदर कायम गरेको छ । जुन बीमालेख खरिद गर्ने बीमितले २० रुपैयाँ बोनस पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS