IME Life New

आइएमई लाइफको चौंथो वार्षिक साधारण सभा सम्पन्न, आइपीओ जारी गर्ने प्रस्ताव पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा बेगनास हल, र्याडिशन होटल, लाजिम्पाट काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।

Esewa
Crest

सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण र तत्सम्बन्धी अनुसूची तथा एनएफआरएस प्रणाली लागु गरी तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित गरेको छ ।

त्यस्तै सभाले सर्वसाधारणलाई छुट्टाइएको शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । सभाले कम्पनी र अन्य कुनै जीवन बीमा कम्पनी गाभ्न गाभिन वा प्राप्ती गर्न आवश्यक भएको अवस्थामा गाभ्न गाभिन वा प्राप्ती गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS