IME Life New

आइएमई पे र एम बैंकबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सहकारी संस्थाहरूलाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले आइएमई पे र एम बैंक बीच सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा आईएमई पेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार एम बैंक एप मार्फत ६ सय ५० भन्दा बढि सहकारी संस्थाहरु तथा संस्थाका सदस्यहरुले आइएमई पे वालेटमा रकम लोड, आइएमई पे बाट सहकारीमा रकम ट्रान्सफर, शेयर खरिदको भुक्तानी, चन्द्रागिरि केबल कारको टिकट देखि सबै किसिमको युटिलिटी पेमेन्ट भुक्तानी लगायतका अन्य डिजिटल सेवा उपलब्ध हुनेछ ।

Esewa
Crest

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिदै आएको आइएमई पे मा हाल प्रत्यक्ष रूपमा ४० लाख नेपाली नागरिकले सेवा लिइरहेका छन् । आइएमई पे का देशभर करिब ४५ हजार एजेन्ट रहेका छन् ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्वद्घित ‘आइएमई पे’ (वालेट एप) विद्युतीय भुक्तानी सेवा प्रदायक हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट विनियमावली २०७२ बमोजिम आइएमई डिजिटल दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS