IME Life New

आइएमई जनरल र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाबीच बिधार्थी बीमा सेवा सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड (आइजीआई) र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बीच संस्थाका सदस्य विद्यार्थीहरुको लागि आइजीआई विद्यार्थी बीमालेख मार्फत सेवा लिने दिने सम्बन्धि सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश तिमल्सिनाले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

सम्झौता पश्चात सहकारी संस्थामा निश्चित रकम राखी खाता संचालन गर्ने सदस्य विद्यार्थीहरुलाई बीमा सेवा प्रदान गर्ने गरी यो संझौता भएको छ ।

उक्त अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सहकारी संस्थाले आफैले बीमा शुल्क भुक्तानी गरेर आफना विद्यार्थी ग्राहक महानुभावहरुको व्यक्तिगत दुर्घटना, औषधोपचार तथा मासिक शुल्क समेत साथै निज विद्यार्थीको आमा वा बुबाको हकमा दुर्घटना बीमा समेतको रक्षावरण गर्ने गरी नेपालमा नै पहिलो पटक जारी भएको बीमालेख मार्फत सेवा प्रदान गर्न इच्छुक भई संझौता गरेकोमा संस्थाका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गरे ।

त्यस्तै, कार्यक्रममा भरपर्दो कृषक सहकारी संस्था लि. का अध्यक्ष तिमल्सिनाले आफ्नो संस्थासंग आवद्ध विद्यार्थीहरुलाई निशुल्क यो सेवा प्रदान गर्न पाउंदा खुशी लागेको र आइएमई जनरल इन्स्योरेनस लिमिटेडसंगको सहकार्यमा आफूले आफना ग्राहकहरुलाई निर्जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा प्रदान गर्न पाएकोमा आइजीआई परिवारलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS