IME Life New

आँधिखोला लघुवित्तद्धारा फिल्ड तथा जोखिम ब्यवस्थापन तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले चैत १ देखी ३ गते सम्म विभिन्न शाखा कार्यालयमा रही फिल्डमा कार्यरत ५० जना भन्दा वढि कर्मचारीहरुलाई फिल्ड तथा जोखिम ब्यवस्थापन सम्वन्धी ३ दिवशिय तालिम दिएको छ । उक्त तालिम कृषि विकाश वैंक तालिम केन्द्र रुपन्देही मंगलापुरमा सम्पन्न गरेको हो ।

तालिममा संस्थाका प्रमुख कार्यकारी अधिकृत डोलराज के.सी.तथा नायव कार्यकारी प्रमुखको समेत उपस्थिती रहेको थियो भने तालिमको सहजिकरण फरक फरक शिर्षकमा वाहय प्रशिक्षकहरु जिवन खनाल , यज्ञ मणी घिमिरे, संतोष क्षेत्री लगाएतले गरेका थिए भने नायव कार्यकारी प्रमुख तथा विभागिय प्रमुखले समेत सहजीकरण गरेको वताइएको छ ।

Esewa
Crest

तालिमको अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत वाट कर्मचारीलाई अत्यन्तै चनाखो भई अन्य संस्था तथा कर्मचारीहरु सँग हातेमालो गरी कार्यक्रम विस्तार गर्नका लागी निर्देशन दिएका थिए भने नायव कार्यकारी प्रमुख कुँवरले फिल्ड कर्मचारी संस्थाको मेरुदण्ड भएको कुरामा जोड दिदै हाल लघुवित्त क्षेत्रमा विधमान विभिन्न किसिमका चुनौतीहरु लाई दृष्टिगत गरी कर्मचारीको मनोवल उच्च राख्दै,कार्यक्रम लाई सवल वनाउनु कार्यक्रमको मुख्य उदेश्य रहेको र आगामी दिनमा समेत कर्मचारीको दक्षता अभिवृद्धिका लागि आवश्यक्ता अनुरुप तालिम सञ्चालन गर्नका लागि संस्था प्रतिवद्ध रहेको वताएका छन ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत  डोलराज के.सीको सभापतित्व र कृषि विकाश वैंक प्रदेश तथा तालिम केन्द्र मंगलापुर प्रमुख राम वहादुर खत्रीको प्रमुख आतिथ्यतामा सञ्चालन भएको सो कार्यक्रमको सञ्चालन संस्थाका विभागिय प्रमुख कुलदेव लामीछानेले गरेका थिए ।

चुक्ता पुँजी १० करोड रहेको यस संस्थाको धौलागिरी लघुवित्त सँगको डिमर्जरका कारण शेयर कारोवार रोक्का रहेको छ भने उपयुक्त लघुवित्त वित्तीय संस्था खोजी मर्जर प्रकृया सम्पन्न गर्नका लागी संस्था प्रतिवद्ध रहेको समेत प्रमुख कार्यकारी अधिकृत के.सीले वताएका छन ।

स्याङजा जिल्लाको भीरकोट न.पा.–१ वयरघारीमा केन्द्रिय कार्यालय रही १० जिल्लामा १९ कार्यालय मार्फत २०,००० सदस्य १ अरव ३० करोड कर्जा लगानीमा रहिरहेको र ४३ करोड भन्दा वढि वचत परिचानल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS