IME Life New

आँखु खोलाको आइपिओ बुधबार बाँडफाँड हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं: आँखु खोला हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँड हुने भएको छ। कम्पनीले गत असोज २३ गतेदेखि २६ गतेसम्म १३ लाख ७६ हजार कित्ता आइपिओ निष्काशन गरेको थियो।

Esewa
Crest

स्थानीय प्रभावित क्षेत्रमा निष्काशन गर्दा नविकेको आइपिओ सर्वसाधारणको लागि निष्काशन गर्दा ५९ लाख ३६ हजार कित्ताको लागि आवेदन परेको छ।

यो आवेदनका आधारमा १० कित्ता पाउन पनि लक्की ड्रमा पर्नुपर्छ। सर्वसाधारण आवदेक मध्ये १ लाख २७ हजार ९६९ जनाले १० कित्ताको दरले शेयर प्राप्त गर्न सक्ने छन्।

आइपिओको लागि ८५ हजार ८८० जना आवदेकले ५९ करोड ३६ लाख रुपैयाँको लागि आवेदन परेको थियो। १३ लाख ७६ हजार कित्ता मध्ये ६८ हजार ८०१ कित्ता सामूहिक लगानी कोषले खरिद गरिसकेका छन् साथै कर्मचारीले २७ हजार ५२० कित्ता खरिद गरिसकेका छन्।

इक्रा नेपालले गरेको क्रेडिट रेटिङ अनुसार कम्पनीले सबैभन्दा खराव रेटिङ ‘इक्रा एनपि आइपिओ ग्रेड ५’ पाएको छ। यो रेटिङ अनुसार शेयरधनीले आफ्नो न्युनतम आधार मूल्य फिर्ता पाउन पनि ९ वर्ष पर्खनु पर्छ। खराव रेटिङ प्राप्त गरेपनि आधार मूल्यमै शेयर पाउने भएकोले लगानीकर्ता आकर्षित देखिएका हुन्। कम्पनीको कुल चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको छ। ६० करोड रुपैयाँ संस्थापक शेयरधनीको रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS