IME Life New

भुक्तानी हुन बाँकी दाबी शुन्य भएका जीवन बीमा कम्पनी कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । १९ जीवन बीमा कम्पनीमध्ये ६ जीवन बीमा कम्पनीहरुको भुक्तानी हुन बाँकी दावी नै शुन्य रहेको छ। सूर्या लाइफ, आईएमई लाइफ, रिलायन्स लाइफ, महालक्ष्मी लाइफ, रिलायबल नेपाल र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना ग्राहकलाई शत प्रतिशत दावी भुक्तानी गरेका छन् । आर्थिक वर्ष ७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण अनुसार यी ६ कम्पनीको भुक्तानी हुन बाँकी दावी शुन्य देखिएको हो । चौथो त्रैमासको वित्तीय प्रतिवेदनलाई आधार मान्दा जीवन बीमा कम्पनीहरुले ४ अर्ब ६५ करोड रुपैयाँ बराबरको दावी भक्तानी गर्न बाँकी छ ।

जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफको भुक्तानी हुन बाँकी दावी रकम २ अर्ब ५५ करोड रुपैयाँ रहेको छ भने मेट लाइफको भुक्तानी हुन बाँकी दावी ८३ करोड ११ लाख रुपैयाँ रहेको छ  । तेश्रोमा नेशनल लाइफले ७२ करोड २ लाख बराबरको दावी भुक्तानी गर्न बाँकी छ भने चौथोमा एलआईसी नेपालले २५ करोड ७२ लाख बराबरको दावी भुक्तानी गर्न बाँकी  छ।

Esewa
Crest

पाँचौमा राष्ट्रिय बीमा संस्थालले १६ करोड ८७ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ भने छैठौमा एशियन लाइफले ४ करोड ८० लाख रुपैयाँ दाबी भुक्तानी गर्नु पर्ने छ । पुरानो बीमा कम्पनी मध्येको एक मानिने सूर्या लाइफ इन्स्योरेन्सले पनि शत प्रतिशत दावी भुक्तानी गर्न सफल भएको  छ।

नयाँ आएका कम्पनीको पोलिसी परिपक्व हुन अझै  केहि समय लाग्नेछ त्यसैले गर्दा ति कम्पनीले मृत्यु दाबी भुक्तानी मात्रै गर्नुपर्ने हुन्छ ।

नोट : राष्ट्रिय बीमा संस्थानको भुक्तानी हुन् बाँकी दावीको तथ्यांक नभएकोले “आर्थिक वर्षको अन्त्यमा भुक्तानी हुन बाँकी दाबी बापत व्यवस्था”को तथ्यांक लगिएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS