IME Life New

अस्ट्रेलियामा ‘राइट टु डिस्कनेक्ट’ नियम लागू, ड्युटीपछि बोसको कल उठाउनुपर्ने बाध्यता हट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अस्ट्रेलियामा ‘राइट टु डिस्कनेक्ट’ को नयाँ नियम लागू भएको छ। यो नियामअनुसार अफिसमा काम गरेपछि कम्पनीका हाकिमबाट आएको कल वा मेसेजको जबाफ दिन बाध्य महसुस गर्नेहरुलाई राहत दिइएको छ। नयाँ कानुनले कर्मचारीलाई ड्युटीपछि कुनै पनि मेसेजलाई मालिकको हप्काउने डर बिना बेवास्ता गर्ने स्वतन्त्रता दिन्छ।

गत वर्ष प्रकाशित एक सर्वेक्षणमा अस्ट्रेलियालीले कुनै पनि भुक्तानी बिना वर्षमा औसत २८० घन्टा ओभरटाइम काम गर्ने गरेको रिपोर्ट गरिएको थियो। विशेषगरी युरोप र ल्याटिन अमेरिकाका २० भन्दा बढी देशमा यो नियम लागू रहेको छ।

Esewa
Crest

नयाँ नियमले रोजगारदातालाई ड्युटीपछि कर्मचारीलाई सम्पर्क गर्नबाट रोक्दैन। तर, यो नियमले कर्मचारीलाई फोन कल वा मेसेज अस्वीकार गर्न सक्ने अधिकार दिन्छ।

यो नियमअनुसार रोजगारदाता र कर्मचारीले आपसमा विवाद समाधान गर्ने प्रयास गर्नुपर्छ। यदि दुवैले विवाद समाधान गर्न असफल भएमा अस्ट्रेलियन फेयर वर्क कमिसन (एफडब्ल्यूसी) ले हस्तक्षेप गर्न सक्छ।

एफडब्ल्यूसीले रोजगारदातालाई ड्युटी समयपछि सम्पर्क गर्न बन्द गर्न आदेश दिन सक्छ। यदि उसलाई लाग्छ कि कर्मचारीले जबाफ नदिनु अनुचित हो भने उसले तिनीहरुलाई जबाफ दिन आदेश दिन सक्छ।

एफडब्ल्यूसीको आदेश पालना नगरेमा एक कर्मचारीलाई १९ हजार अस्ट्रेलियन डलर र कम्पनीलाई ९४ हजार अस्ट्रेलियन डलर जरिवाना गर्न सकिनेछ।

कर्मचारीको प्रतिनिधित्व गर्ने संघसंस्थाले यो कानुनको स्वागत गरेका छन्। ‘यसले कर्मचारीलाई ड्युटीपछि अनुपयुक्त सम्पर्कलाई अस्वीकार गर्न र राम्रो कामको जीवन सन्तुलन प्राप्त गर्न सक्षम र सशक्त बनाउनेछ’, अस्ट्रेलियन काउन्सिल अफ ट्रेड युनियनले भनेको छ।

वर्क प्लेस विशेषज्ञले नयाँ नियमले रोजगारदातालाई पनि मद्दत गर्नेछ। स्विनबर्न युनिभर्सिटी अफ टेक्नोलोजीका जोन हप्किन्सले भने, ‘कुनै पनि संस्था, जसका कर्मचारी राम्रोसँग आराम गर्छन् र काम र घरायसी जीवन सन्तुलित पार्छन्, बिरामी हुने सम्भावना कम हुन्छ र कम्पनी छोड्ने सम्भावना कम हुन्छ। यसले कर्मचारीलाई पनि फाइदा पुर्याउँछ। रोजगारदाताका लागि पनि फाइदाजनक हुन्छ।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS