IME Life New

अस्ट्रेलियाकै ठूलो बैंकले निक्षेपको सीमा घटाएपछि ग्राहक आक्रोशित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अस्ट्रेलियाको सबैभन्दा ठूलो बैंकले आफ्नो मोबाइल फोन नम्बर प्रयोग गरी जम्मा गर्न सक्ने रकम (निक्षेप)को सीमा घटाएपछि ग्राहक आक्रोशित भएका छन्।

कमनवेल्थ बैंक (सीबीए)ले ग्राहकले आफ्नो मोबाइल फोन नम्बरबाट खातामा जम्मा गर्न सक्ने अधिकतम रकम १ दिनमा १ हजार डलरबाट घटाएर ७५० डलर कायम गरेको हो। ग्राहकले अझै पनि आफ्नो कार्ड प्रयोग गरेर १ दिनमा १० हजार डलरसम्म जम्मा गर्न सक्छन्।

Esewa
Crest

गत साताबाट लागू भएको यो नियम ग्राहकलाई वित्तीय अपराधबाट जोगाउन डिजाइन गरिएको बैंकका प्रवक्ताले बताए। ‘प्रतिमोबाइल फोन नम्बर ग्राहकले ७५० डलरसम्म कार्डलेस डिपोजिट गर्न सक्छन्’, उनले भने, ‘हाम्रा डिपोजिट एटीएम प्रयोग गर्दा बैंकका ग्राहकले आफ्नो कार्ड प्रयोग गरेर दिनमा एकपटकभन्दा बढी ७५० डलर भन्दा रकम जम्मा गर्न सक्छन्।’

यद्यपि बैंकको यो कदमप्रति केही ग्राहक आक्रोशित छन्। उनीहरुले तत्काल बैंकको नीति परिवर्तन गर्न माग गरेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS