IME Life New

असोज महिनासम्ममा जीवन बीमा कम्पनीहरुको कुल ब्यापार ३५ अर्ब ७७ करोडमाथि, कुन कम्पनीको कति? (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को असोज महिनासम्ममा १९ जीवन बीमा कम्पनीहरुले ३५ अर्बमाथि कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणको तथ्यांक अनुसार यी कम्पनहिरुले १ करोड ३८ लाख ८३ हजार २५६ वटा बीमालेख विक्री गरेर कुल ३५ अर्ब ७७ करोड ५९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । यी कम्पनहिरुले असोज महिनामा मात्रै ९ अर्ब ७३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

असोज मसान्तसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिसम्ममा १० अर्ब ४ करोड ८८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिसम्ममा ४ अर्ब ५१ करोड ७४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब ३८ करोड ४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यूनियन लाइफले १ अर्ब ९१ करोड ४२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । एशियन लाइफले १ अर्ब ७४ करोड ३४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

Esewa
Crest

त्यसैगरी सिटिजन लाइफले १ अर्ब ४७ करोड ११ लाख, सूर्या लाइफले १ अर्ब ३२ करोड ४४ लाख, मेट लाइफले १ अर्ब ३१ करोड १ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । प्राइम लाइफ इन्स्योरेन्सले १ अर्ब १६ करोड १४ लाख, राष्ट्रिय बीमा संस्थानले १ अर्ब ११ करोड ६७ लाख, सन नेपाल लाइफले १ अर्ब ८१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

करोडमा कुल बीमा शुल्क आर्जन गर्ने कम्पनीहरु
बीमा प्राधिकरणको तथ्यांक अनुसार ज्योति लाइफले ९५ करोड १८ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ८९ करोड ३१ लाख रुपैयाँ, आइएमई लाइफले ८७ करोड १४ लाख, रिलायन्स लाइफले ७८ करोड ८० लाख, गुराँस लाइफले ७५ करोड ७ लाख, सानिमा लाइफले ५८ करोड २५ लाख, प्रभु लाइफले ५३ करोड ७२ लाख र महालक्ष्मी लाइफले ४० करोड ५२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

33%
sad

दु :खी

17%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS