IME Life New

असोजका लागि बैंकहरुले के गरे ब्याजदर ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले असोजका लागि ब्याजदर घटाएका छन्। बैंकहरुले आज एक सूचना जारी गर्दै असोजका लागि तय गरिएको ब्याजदर सार्वजनिक गरेका हुन्।

हालसम्म प्राप्त १९ वटा वाणिज्य बैंकमध्ये सूचनाअनुसार १० वटाले ब्याजदर घटाएका छन् भने ७ वटाले स्थिर रहेका छन्। दुइटाले भने ब्याजदर बढाएका छन्।

Esewa
Crest

वाणिज्य बैंकमध्ये एभरेष्ट, कुमारी, एनआईसी एसिया, सानिमा र सिटिजन्स बैंकले भदौको तुलनामा असोजमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। असोजमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर एभरेष्टले ६ प्रतिशत, कुमारीले ६.०१ प्रतिशत, एनआईसी एसियाले ७.१८ प्रतिशत, सानिमाले ५.९० प्रतिशत र सिटिजन्स बैंकले ६.१५ प्रतिशत दिने भएका छन्। भदौमा एभरेष्टले ६.१० प्रतिशत, कुमारीले ६.७१ प्रतिशत, एनआईसी एसियाले ७.४१ प्रतिशत, सानिमाले ६.२० प्रतिशत र सिटिजन्स बैंकले ६.५० प्रतिशत दिएका थिए।

यसैगरी नबिल, एनएमबि, प्राइम, नेपाल एसबीआई र राष्ट्रिय वाणिज्य बैंकले असोजका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। असोजमा नबिलले ६.७५ प्रतिशत, एनएमबिले ६.५० प्रतिशत, प्राइमले ६.२५ प्रतिशत, नेपाल एसबीआईले ६ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ६ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्। भदौमा नबिलले ७ प्रतिशत, एनएमबिले ७.४१ प्रतिशत, प्राइमले ६.७५ प्रतिशत, नेपाल एसबीआईले ६.२५ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ६.०७ प्रतिशत ब्याजदर तय गरेका थिए।

असोजका लागि नेपाल बैंक र कृषि विकास बैंकले भने व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाएर क्रमशः ५.९५ प्रतिशत र ६.०७ प्रतिशत दिने भएका छन्। भदौमा क्रमशः ५.२५ प्रतिशत र ६.०५ प्रतिशत थियो।

असोजमा ब्याजदर स्थिर राख्नेमा प्रभु, ग्लोबल आइएमई, माछापुच्छ्रे, नेपाल इन्भेस्टमेन्ट मेगा र सिद्धार्थ बैंक रहेका छन्। यी बैंकले भदौकै ब्याजदरलाई असोजमा निरन्तरता दिएका छन्। भदौमा व्यक्तिगत मुद्दति निक्षेपमा प्रभुले ६.१० प्रतिशत, ग्लोबल आइएमईले अधिकतम ६.२५ प्रतिशत, माछापुच्छ्रेले ६.५० प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगाले ६.५० प्रतिशत र सिद्धार्थ बैंकले ६.५० प्रतिशत ब्याजदर दिएका थिए।

त्यस्तै लक्ष्मी सनराइज र स्ट्यान्डर्ड चार्टर्डले पनि ब्याजदर स्थित राखेका छन्। यी बैंकले असोजमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम क्रमशः ६.५० प्रतिशत र ७ प्रतिशत दिने भएका छन्। भदौमा पनि त्यति नै दिएका थिए।

नियामकीय व्यवस्थाअनुसार बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरको तुलनामा १ प्रतिशतसम्म कम गरेर संस्थागत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर र १ प्रतिशत बढी गरेर मुद्दति निक्षेपको ब्याजदर निर्धारण गर्नुपर्ने प्रावधान रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS