IME Life New

असार ५ गतेदेखि थ्रीस्टार हाइड्रोपावरले आइपीओ विक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले असार ५ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आइपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पूँजी ४९ करोड २५ लाख रूपैयाँको २५ प्रतिशत अर्थात १२ करोड ३१ लाख २५ हजार रूपैयाँ बराबरको शेयर निष्काशन गर्न लागेको हो ।

सो मध्ये ४ लाख ९२ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि निष्काशन गरिसकेको छ । बाँकी रहेको १५ प्रतिशत अर्थात ७ करोड ३८ लाख ७५ हजार रूपैयाँ बराबरको ७ लाख ३८ हजार ७५० कित्ता शेयर मध्येको १० प्रतिशत ७३ हजार ८७५ कित्ता श्रम स्वीकृती प्राप्त गरि विदेशी रोजगारीमा गएका नेपालीलाई, ३६ हजार ९३८ कित्ता सामुहिक लगानी कोषलाई छुट्टाएर बाँडफाँड पश्चात बाँकी रहेको ६ लाख १३ हजार १६२ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्नेछ ।

Esewa
Crest

उक्त आइपीओमा न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ । कम्पनीको आइपीओमा छिटोमा असार ८ गतेसम्म बिक्री खुल्ला हुने छ । उक्त अवधि भित्रमा शेयर बिक्री नभएमा ढिलोमा असार १९ गतेसम्म आवेदन गर्न सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीले प्रबद्वन गरिरहेको ६.६ मेगावाटको साप्सुप खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३९ करोड रूपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ६ लाख रूपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS