IME Life New

असार १ गतेबाट शेयर कारोबार खुल्ला ? के छ तयारी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले आगामी असार १ गतेबाट शेयर कारोबार खोल्ने तयारी सुरु गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडा समेत शेयर कारोबार खोल्न सकारात्मक देखिएपछि नेपाल धितोपत्र बोर्ड र नेप्से समेत शेयर कारोबार खुल्ला गर्ने तयारीमा जुटेका छन् । यद्यपि नियामक निकाय नेपाल धितोपत्र बोर्ड भने तयार भइनसकेको आभाष मिलेको छ । अर्थमन्त्रालय र नेपाल स्टक शेयर बजार खोल्ने पक्षमा देखिए पनि नियामक निकायले भने लकडाउन अवधीभर कुर्ने पक्षमा देखिएको छ ।

नेपाल स्टक एक्सचेन्जका सिईओ चन्द्रसिंह साउदले भने, ‘हामीले शेयर कारोबार बन्द गर्नु हुँदैन भनेर सुरुदेखि भन्दै आएका छौं । नियामक निकायको निर्देशन हामी मान्दछौं । शेयर कारोबार खोल्न हामी जुनसकै बेला पनि तयारी अवस्थामा छौं ।’ नेप्सेका अनुसार धितोपत्र बोर्डको निर्देशन आएको अवस्थामा असार १ गतेबाट शेयर कारोबार सुरु गर्ने पूर्ण तयारी छ । यद्यपि लकडाउन अवधीभर शेयर कारोबार नगर्न नेपाल धितोपत्र बोर्डले गत जेठ १ गते नै निर्देशन दिएको र सोही निर्देशन बमोजिम कारोबार स्थगित भएकाले नियामक निकायबाट नियाँ निर्देशन नआउँदासम्म लकडाउन जारी रहँदासम्म शेयर कारोबार भने हुनेछैन ।

Esewa
Crest

आइतबार बोर्डको २८ औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा पुँजि बजार खोल्ने विषयमा सकारात्मक अभिव्यक्ति सार्वजनिक भएपनि बोर्डले जेठ ३२ गतेपछि के गर्ने भन्ने सम्बन्धमा कुनै छलफल भने चलाएको छैन । बोर्डकी प्रबक्ता दीपा दाहालका अनुसार जेठ ३२ गतेसम्मका लागि बजार बन्द गर्ने निर्णय भइसकेकाले असार १ गतेदेखि के गर्ने भन्ने सम्बन्धमा छलफल भएको छैन । सबैजना सकारात्मक देखिएकाले बोर्डको बैठक बसेर नै निर्णय गरिने उनले बताईन् । ‘कार्यक्रममा छलफल हुँदा सकारात्मक कुरा आएको हो, तर औपचारिक छलफल भएको छैन । आशा गरौं एक दुई दिनमै छलफल गरेर उपयुक्त निर्णय हुन्छ ।’

सरकारले लकडाउन खुकुलो बनाउँदै गर्दा शेयर कारोबार खोल्नुपर्ने भन्दै केही मानिसहरु पहल गरिरहेका छन् । नेप्सेले भने अब बजार खुल्ने सम्भावना रहेको विश्लेषण सहित प्राविधिक टोलीलाई तयारी हालतमा रहन निर्देशन दिएको जनाएको छ । कोरोनाको महामारी दिनानु दिन बढ्दै गएको सन्दर्भमा पुनः लकडाउन थप कडा हुने सम्भावनाका बीचमा बोर्डले ठोस परिस्थितिको विश्लेषण गरेर मात्रै शेयर बजार खोल्न दिने मनस्थितिमा देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS