IME Life New

असार मसान्तभित्रै असुली नहुने भयो अभिकर्ता कर्जा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा अभिकर्ताहरुलाई बिना धितो उपलब्ध गराइएको कर्जा असुली गर्न बीमा समितिले दिएको समयसीमामा कर्जा असुली नहुने भएको छ । बीमा समितिले सवारीसाधन, ल्यापटप वा घरायसी प्रयोजनको विद्युतीय उपकरण खरिद गर्न दिएको बाहेक जीवन बीमा अभिकर्ताहरुलाई उपलब्ध गराइएको नगद कर्जा र घरजग्गा कर्जा २०७९ असार मसान्तभित्र असुलउपर गर्न निर्देशन दिइ सकेको छ ।

२०७८ असारभित्रै असुल उपर गर्नको लागी निर्देशन दिएकोमा जीवन बीमा अभिकर्ता संघको विरोधपछि समितिले कार्यतालिका बनाएर असुलउपर गर्नको लागी सम्बन्धित जीवन बीमा कम्पनीहरुलाई जिम्मा दिएको थियो । तर अझैसम्म पनि असुलीमा अपेक्षित प्रगति हुन नसकेपछि समितिले दोश्रो पटक निर्देशन जारी गरेको छ ।

Esewa
Crest

जीवन बीमा कम्पनीहरुले बीमालेख बिक्री गर्दा प्राप्त हुने कमिशनवापतको रकमबाट किस्ताबन्दीमा साँवा तथा ब्याज चुक्ता गर्ने शर्तमा अभिकर्तालाई कर्जा दिएका हुन् । तर बिना धितो चलनचल्तीको भन्दा सस्तो ब्याजदरमा कर्जा सुविधाउपभोग गरेपछि धेरै अभिकर्ताहरु व्यवसायबाट विमूख हुने वा अन्य कम्पनीको अभिकर्ताको हैसियतमा काम शुरु गरेर कर्जा दिने कम्पनीबाट उम्किंदै आएका छन् ।

नियमितरुपमा कर्जा नतिर्ने अधिकांश अभिकर्ता लामो समयदेखि सम्पर्कमै छैनन्, पुरानोमध्येको जीवन बीमा कम्पनीको कर्जा असुली विभागका कर्मचारीले भने,केहीको निधन समेत भइसकेको छ । उनका अनुसार बक्यौता कर्जा असुलीको लागी नीतिगत सहयोग नभए पूर्णरुपमा असुल उपर गर्न सम्भव छैन ।

उनले कर्जा चुक्ता नगर्ने अभिकर्ता स्वयम् वा उसको परिवारका कुनै पनि सदस्य अन्य कुनै बीमा कम्पनीमा अभिकर्ताको हैसियतमा काम गरेर कमिशन आर्जन गरिरहेको छ भने त्यस्तो कमिशनबाट समेत बक्यौता कर्जा असुली गर्नको लागी बीमा समितिले आवश्यक प्रबन्धक मिलाउन सक्ने असुलीको दर बढ्ने विश्वास व्यक्त गरे ।

आर्थिक वर्ष २०७७।७८ मा मात्र जीवन बीमा कम्पनीले अभिकर्ता कर्जावापत कूल ३ अर्ब ४० करोड ४५ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बीमा समितिले अभिकर्ता कर्जा शीर्षकमा बिना धितो सुरक्षण प्रवाह गरिएको कर्जाका कारण जीवन बीमा कम्पनीको ठूलो लगानी जोखिममा परेको विश्लेषणसहित सबै प्रकारका कर्जामा रोक लगाइ दिएको थियो । तर अभिकर्ताहरुको संगठित विरोधपछि घरजग्गा र नगद कर्जा बाहेक सवारी साधन लगायत अन्य कर्जा दिन सकिने व्यवस्था गरेको छ ।

कालोसूचीका लागी पहल
सर्वसाधारणबाट बीमा शुल्कवापत संकलन गरेको रकम नै कर्जावापत उपलब्ध गराइएको हुँदा सर्वसाधारणको पैसा डुब्न नदिनको लागी कर्जा चुक्ता नगर्ने अभिकर्तालाई कर्जा सूचना केन्द्रमार्फत् कालो सूचीमा राख्ने प्रावधानको लागी समेत जीवन बीमा कम्पनीले जीवन बीमक संघमार्फत् पहल गर्न थालेका छन् । केही जीवन बीमा कम्पनीले बक्यौता कर्जा असुल उपर हुन नसकेपछि सवारीसाधन कब्जामा लिन ट्राफिक प्रहरी वा प्रहरीको सहयोग समेत लिन थालेका छन् ।

साथै केही बीमा कम्पनीले कर्जा तिर्न सम्पर्कमा नआउने बीमा अभिकर्ताको तीनपुस्ते विवरण सहित नामावली प्रकाशन गरेर कर्जाको साँवा तथा ब्याज समेत चुक्ता गर्न सार्वजनिक आह्वान समेत गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS